कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु    

२८ बैशाख २०७६
banner

फाईल तस्विर

रुकुमपश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ६ भण्डारी काँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमको मुसीकोटतर्फ आउँदै गरेको लु १ च ७५१४ नम्बरको गाडी आज अपरान्ह करीब ४ बजेतिर दुर्घटना हुँदा त्रिवेणी गाउँपालिकाका अन्दाजी ४० वर्षीय लिलबहादुर बाँठाको मृत्यु भएको हो ।

दुर्घटनामा परी चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ प्वाङका तिलक खड्का घाइते भएका छन् । गाडी सडकबाट करीब डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ताजा भिडियो

भ्रष्टाचार गरेको प्रमाणित गर्नुस् झुण्डिएर मर्छु : कुलमान घिसिंङ | Kulman Ghising |

सभामुखले एक्कासी माईक काटेपछि,मच्चियो खैलाबैला | Samsad Baithak |

रामनारायण विडारी जोरसोरले बोल्दा सुन्ने सांसदको थामिएन हाँसो | Ram Narayan Bidari |

कांग्रेसमाथि आक्रामक सुरेन्द्र केसी | Surendra KC |