सवारी दुर्घटनामा २ जनाको मृत्यु

२८ भाद्र २०७५

banner

काठमाडौं । काठमाडौँ र मकवानपुरमा बिहीबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । काठमाडौं चन्द्रागिरी नगरपालिका–७ स्थित प्रफेक्ट वर्कसपमा ना ४ ख ६५८४ नम्बरको ट्याङकरले ना ३ क ७५१४ नम्बरको कन्टेनरका चालक दोलखा घर भएका ३१ वर्षीय कुमार विश्वकर्मालाई ठक्कर दिँदा सोही स्थानमा पार्किङ गरी राखेको बा ४ ख ४३८५ नम्बरको टिपरमा च्यापिएर विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुर गढी गाउँपालिका–२ गढी बस्ने ६० वर्षीय प्रेमबहादुर भुजेलको बसको ढोकाबाट खसेर मृत्यु भएको छ।

सोही ठाउँस्थित ना ३ ख २९८५ नम्बरको बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका भुजेलको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »