कपिलवस्तुमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

१९ मङ्सिर २०७५

banner

कपिलवस्तु । ट्याक्टर पल्टिँदा कपिलवस्तु नगरपालिका–९ कुश्मामा गएराति एक जनाको मृत्यु भएको छ। स्थानीयवासी ४० वर्षीय श्याम यादवको दुर्घटनामा मृत्यु भएको हो।

कुश्माघाटबाट कुश्मातर्फ आउँदै गरेको लु ३ त ५२१६ नं को ट्याक्टर पल्टिँदा त्यसमा सवार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर प्रहरी नियन्त्रणमा छ। चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष