भक्तपुरमा मोटरसाईकल दुर्घटना, एकको मृत्यु, एक घाइते

२० मङ्सिर २०७५
banner

भक्तपुर । काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको बा९३प १४१९ नंको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक जुगल गापा ४ का २३ वर्षीय कुमार श्रेष्ठको ज्यान गएको छ। 

मध्यपुरथिमि नपा १ लोकन्थलीस्थित अरनिको राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय राजकुमार श्रेष्ठ भने घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

घाइते श्रेष्ठको नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।