धादिङ्गको मानेडाँडामा ट्रिपर दुर्घटना, ३ जनाको मृत्यु, ३ गम्भीर 

२६ आश्विन २०७५
banner

काठमाडौँ । धादिङ्गको लामिडाँडामा बा ५ प २४१८ नम्बरको ट्रिपर दुर्घटना हँदा ३ जनाको ज्यान गएको छ भने ३ जना घाईते भएका छन्।

धादिङ्गको भिसेनस्थानबाट चक्रमतितर्फ जाँदै गरेको ट्रिपर सडकबाट तल खस्दा तीन जनाको घटनास्थलमै ज्यानगएको हो भने एक बच्चा सहित ३ जना घाईते भएका छन्। मृत्यु हुनेमा थाक्रे १० का ३२ वर्षीय महेश तामाङ, सोही ठाउँका ५० वर्षीया सावित्री तामाङ र ६० वर्षीया सोममाया तामाङ रहेको छन्।

यसैगरी घाईते हुनेमा गटिपर चालक हरेन्द्र तामाङ, टेकबहादुर तामाङ र चारवर्षीया बालिका रहेका छन्। उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ। टिपर सडकबाट ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। 

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।