एसिड आक्रमण : आक्रमणकारी श्रीमान भएको खुलासा, तीन घण्टामै पक्राउ

१ जेठ २०७६
banner

काठमाडौं । काठमाडौंको कालोपुलमा बुधबार बेलुका युवतीमाथि एसिड आक्रमण गर्ने पक्राउ परेका छन् । कालोपुलमा बुधबार साँझ ७ बजे तिर एसिड आक्रमण भएको थियो । 

प्रहरीले आक्रमणकारीलाई घटना भएको तीन घण्टा भित्रै पक्राउ गरेको हो । कालोपुलमा जेनी खड्का नामकी २२ वर्षीयाँ युवतीमाथि एसिड आक्रमण भएको थियो । त्यसपछि आक्रमणकारीको खोजीमा जुटेको प्रहरीले आक्रमणकारीलाई काँडाघारीबाट नियन्त्रणमा लिएको कमल पोखरी प्रहरीले डिसी नेपाललाई जानकारी दिएको छ । 

कमल पोखरीका एक जना प्रहरी अधिकारीले डिसी नेपालसँग भने, ‘तीन घण्टा भित्रै हामीले आरोपीलाई पक्राउ गरेका छौं । उसले आरोप स्वीकार गरेको छ ।’ 

प्रहरीका अनुसार ३८ वर्षीय विष्णु भुजेल पक्राउ परेका छन् । 

प्रहरीका अनुसार पीडित युवती आक्रमणकारी भुजेलकी कान्छी श्रीमती हुन् । प्रहरीले घटनबारे अनुसन्धान भइरहेकाले थप विवरण प्राप्त नभएको जनाएको छ ।

ताजा भिडियो

भ्रष्टाचार गरेको प्रमाणित गर्नुस् झुण्डिएर मर्छु : कुलमान घिसिंङ | Kulman Ghising |

सभामुखले एक्कासी माईक काटेपछि,मच्चियो खैलाबैला | Samsad Baithak |

रामनारायण विडारी जोरसोरले बोल्दा सुन्ने सांसदको थामिएन हाँसो | Ram Narayan Bidari |

कांग्रेसमाथि आक्रामक सुरेन्द्र केसी | Surendra KC |