खेलकूद क्षेत्रले राष्ट्रिय एकतालाई मजबुद बनाउँछ : अध्यक्ष दाहाल

२७ पौष २०७५
banner

फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्र, राष्ट्रियताको जर्गेना गर्ने र आम नेपालीलाई एकताको सूत्रमा बाँध्ने खेल क्षेत्रको विकास र विस्तारका लागि आफ्नोतर्फबाट सकारात्मक पहल हुने विश्वास दिलाएका छन्।

‘पाँचौँ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०७५’ को आज यहाँ उद्घाटन गर्दै अध्यक्ष दाहालले खेलकूद क्षेत्रको विकासमा विगतदेखि नै सकारात्मक प्रयास भए पनि सोचेजति उपलब्धि हुन नसकेको बताए ।

राजनीतिकरुपमा मुलुकमा धेरै ठूलो परिवर्तन गरेर नेपाली जनताको विश्वास र अपेक्षासहित आफ्नो पार्टी उपस्थित भए पनि खेल क्षेत्रमा सोचेजति सकारात्मक परिवर्तन हुन नसकेको बताउँदै उनले आगामी दिनमा खेल क्षेत्रको अपेक्षालाई सम्बोधन गरिने बताए ।

अध्यक्ष दाहालले भने, “विगतमा सम्भ्रान्त वर्गले सीमित स्वार्थका लागि प्रयोग गरेको खेलकूद क्षेत्रमा राजनीतिक परिवर्तनसँगै सही विचार, सही नेतृत्व र भौतिक पूर्वाधारको विकास तथा उचित लगानी अपरिहार्य जस्तै रहेको छ । हामी त्यो अपेक्षालाई पूरा गर्छौं । त्यो क्रमशः हुँदै पनि जान्छ।”

खेलकूद क्षेत्रलाई संस्थागतरुपमा अगाडि बढाउन राजनीतिक नेतृत्व र खेलकूद क्षेत्रकै व्यक्तिको पनि सक्रिय सहभागिता जरुरी रहेको भन्दै अध्यक्ष दाहालले विद्याय तहदेखि उच्च शिक्षासम्म पनि यसलाई पाठ्यक्रममा नै राखेर अगाडि बढाउनु जरुरी रहेको बताए।

खेलकूदबाटै स्वस्थ नागरिक र सबल देश बन्न सक्छ भन्ने मान्यतालाई आत्मसात् गरेर अगाडि जानुपर्नेमा जोड दिँदै उनले विगतमा भएका सकारात्मक कामलाई निरन्तरता दिँदै आगामी दिनमा थप उपलब्धिका लागि सक्दो प्रयास गर्नुपर्ने बताए।

विगतमा अगाडि बढाइएका सकारात्मक प्रयास निरन्तररुपमा अगाडि बढाउन नसक्दा यस क्षेत्रमा पनि उतारचढाव आएको उनको भनाइ थियो । वर्तमान सरकारले खेलकूद क्षेत्रलाई प्राथमिकतामा राखेको जानकारी दिँदै उनले आफ्नोतर्फबाट पनि भौतिक पूर्वाधारको विकास र खेलाडीको सेवा सुविधालगायतका विषयमा पनि सकारात्मक पहल गर्ने वचन दिए।

उनले भने “उचित बजेट, भौतिक पूर्वाधारको विकासका लागि राज्यकातर्फबाट सहयोग जुटाउन मेरो प्रयास रहन्छ ।” दुई दिनसम्म चल्ने सो प्रतियागितामा नेपालका विभिन्न क्लब तथा भारत बङ्गलादेश र श्रीलङ्काका खेलाडी तथा प्रशिक्षकको सहभागिता छ ।

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l