विश्व कप अगाडि पाकिस्तानमाथि अफगानिस्तानको सनसनीपूर्ण जित

१० जेठ २०७६
banner

काठमाडौं । आगामी मे ३० बाट इंग्ल्याण्ड र वेल्समा क्रिकेटको महाकुम्भ विश्व कप शुरु हुँदैछ । विश्व कपको तयारीका लागि सबै १० टिम इंग्याल्याण्ड पुगिसकेका छन् । इंग्ल्याण्डको वातावरणमा घुलमिल हुन आईसीसीको नियमअनुसार टिमहरुबीच अभ्यास खेलहरु पनि भइरहेका छन् । 

शुक्रबार उदयीमान टिम अफगानिस्तान र पाकिस्तानबीच भएको अभ्यास खेलमा उलटफेर गर्दै अफगानिस्तानले पाकिस्तानलाई ३ विकेटले हराएको छ । २६३ रनको लक्ष्य पाएको अफगानिस्तानले ७ विकेट गुमाएर दुई बल बाँकी रहँदा विजयी रन बनायो । 

अफगानिस्तानको जितमा ब्याटिंगबाट विष्फोटक ब्याट्सम्यान हजरतुल्ला जजाईले २८ बलमा ४९ रनको योगदान दिए भने हशमतुल्ला शाहिदीले नटआउट ७४ रन बनाए । 

पाकिस्तानका वाहब रियाजले ३ र इमाद वासिमले २ विकेट लिए ।

यसअघि पाकिस्तानले बाबर आजमको शतकको सहयोगमा २६२ रनमा अलआउट भएको थियो । आजमले ११२ रन बनाए । यस्तै सोयब मलिकले ४४ रन बनाए । 

पाकिस्तानलाई सस्तैमा अलआउट गर्न अफगानिस्तानका मोहम्मद नबीले ३ विकेट लिए भने दौलत जर्दान र राशिद खानले समान २–२ विकेट लिए ।

ताजा भिडियो

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |

आगो भए गगन थापा । संसदमा गुठी विधेयकको चर्काचर्की । Gagan Thapa l Samsad Baithak l

गुठी विधेयकः सरकारका प्रवक्ताको अभिव्यक्ति आगोमा घिउ । Guthi l Gokul Baskota l