प्रधानमन्त्री आज स्वदेश फर्किंदै, ३० मिनेट विमानस्थल अवरुद्ध हुने

१ जेठ २०७६
banner

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण पूरा गरी आज (बुधबार) साँझ स्वदेश फर्किंदै छन्। साँझ ७ बजे प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको विमानबाट काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ।

उनी काठमाडौं आइपुग्ने समयभन्दा १५ मिनेट अगाडि देखी उडान तथा अवतरण बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ। विमान अवतरण भएको १५ मिनेट पछि विमानस्थल सुचारु हुनेछ। प्रधानमन्त्री अवतरणमा ३० मिनेटको लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फका उडान प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ।

यसअघि राष्ट्रपति चीन जाँदा ४५ मिनेट अवरुद्ध भएको विमानस्थल यात्रुको चापलाई मध्यनजर गर्दै ३० मिनेट अवरुद्ध गरिएको थियो। प्रधानमन्त्री भियतनाम जाँदा पनि ३० मिनेट विमानस्थल बन्द गरिएको थियो।

ताजा भिडियो

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |

संसदमा उठबस, व्यंग्य र आक्राेश | Samsad Baithak |

कंग्रेस छायाँ सरकारमाथि महेश बस्नेतको प्रहार । Mahesh Basnet l