सलमानलाई पाउन यस्तो हर्कत समेत गरेकी थिइन् ऐश्वर्याले

१ चैत्र २०७५
banner

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान र अभिनेत्री ऐश्वर्या रायको प्रेमसम्बन्धको बारेमा थाहा नपाउने सायदै कोही होला । त्यही प्रेमसम्बन्धमा जेपनि गर्न पछि नहट्ने यी दुई अव एक अर्कालाई देख्न पनि चाहँदैनन् । बलिउडमा सुन्ने गरिन्छ कि सलमानले ऐश्वर्याको प्यारको लागि जेपनि गर्न पछि हटेनन् । तर कमैलाई मात्र थाहा छ कि सलमानको माया पाउनकोलागि ऐश्वर्याले के मात्र गरिनन् । 

खासमा ऐश्वर्या र सलमानको प्रेमसम्बन्ध १९९७ मा शुरु भएको थियो । त्यस समयमा सलमान बलिउडका सुपरस्टार बनिसकेका थिए । भने ऐश्वर्या बलिउडमा आफ्नो स्थान बनाउन संघर्षरत थिइन् । साथै सलमानको पाकिस्तानकी सोमी अलीसँग प्रेमसम्बन्ध थियो । खबरको अनुसार विश्व सुन्दरीको ताज परिरिएपछि ऐश्वर्या सलमानलाई मन परेको र उनको लागि सोमीसँग ब्रेकअफ गरेका थिए । सलमानले ऐश्वर्यालाई फिल्ममा ल्याउन निकै मद्दत गरेका थिए ।

संजय लीला भंसालीले सलमान खानको प्रस्तावमा फिल्म ‘हम दिल दे चुके सनम’ मा ऐश्वर्यालाई डेब्यू गराएका थिए । ‘हम दिल दे चुके सनम’ को शूटिंगको क्रममा ऐश्वर्या राय र सलमान खानबीच प्रेम झ्याङिगएको थियो । ऐश्वर्या सलमानलाई भेट्न उनको घरसमेत जान थालिन् । भारतीय सञ्चार माध्यमका अनुसार ऐश्वर्याको माता पिता यी दुईको सम्बन्धमा खुशी थिएनन् । ऐश्वर्यालाई जब परिवारले सलमानसँग सम्बन्ध टुटाउन दबाब दियो तब आफ्नो परिवारको घर छोडेर हिँडेकी थिइन् । ऐश्वर्याले सलमानको प्रेमको लागि आफ्नो घरपरिवार समेत छोडिदिएकी थिइन् । 

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l