सहकारीमार्फत ४ करोड ठगी गर्ने अजय महर्जन पक्राउ

२३ आश्विन २०७५
banner

काठमाडौं । सहकारीमार्फत ४ करोड ठगी गर्ने अजय महर्जन पक्राउ परेका छन्।

उनलाई साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा सर्वसाधारणले जम्मा गरेको निक्षेप रकम हिनामिना गरेर आफ्नो नाममा घर–घडेरी खरिद गर्ने महर्जन पक्राउ परेका हुन्।

काठमाडौं–१३ ताहाचलका महर्जनलाई सोमबार ताहाचलबाटै नियन्त्रणमा लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

तत्कालिन साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको सञ्चालक समिति सदस्य रहेका महर्जन समेतको समुहले सहकारीमार्फत ४ करोड १७ लाख ५८ हजार निक्षेप रकम ठगी गरेको बताइएको छ।

अजय महर्जनलाई काठमाडौं जिल्ला अदालतले २०७२ वैशाखमा ४० लाख ७८ हजार जरिवाना र २ वर्ष ८ महिना कैदको फैसला गरेको थियो।

ताजा भिडियो

गुठी विधेयक हंगामाः कांग्रेस सडकमा, नेपालबन्दको नै आव्हान गर्यो हिन्दु संगठनले । Guthi l

सत्ता पक्ष सांसदको अभिव्यक्तिः गुठी विधेयकका विरोधी भाडाका मान्छे हुन्। Ganga Chaudhary l Guthi l

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |