नेफ्टोज सुदूरपश्ञ्चिम प्रदेशको अध्यक्षमा अमरराज भट्टराई

२६ आश्विन २०७५
banner

डडेल्धुरा । नेपाल पर्यटन पत्रकार महासंघ सुदूरपश्ञ्चिम प्रदेशको अध्यक्षमा अमरराज भट्टराई निर्बिरोध निर्वाचित भएका छन्।

शुक्रबार डडेल्धुरामा सम्पन्न नेपाल पर्यटन पत्रकार महासंघ सुदूरपश्ञ्चिम प्रदेश समितिको पहिलो अधिवेशनले भट्टराईलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।

समितिको वरिष्ठ उपाध्यक्षमा ललित केसी, महिला उपाध्यक्षमा लक्ष्मी ऐर, महासचिवमा कृष्ण धामी, खुला सचिवमा पदमबहादुर सिंह, समावेशी महिला सचिवमा भागेश्वरी शाह, कोषाध्यक्षमा गणेशबहादुर मगर सर्वसम्मत चयन भएका हुन्।

यस्तै समितिको खुला सदस्यमा पुस्कर भट्ट, महिला सदस्यमा भूवि विष्ट, शर्मिला धामी र दलित सदस्यमा प्रकाश पार्की चयन भएका छन्। दुई खुला सदस्य, आदिवासी सदस्य र अल्पसंख्यक सदस्य पछि समितिले चयन गर्नेछ।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l