विमानमा महिला डाक्टरलाई ८ वर्षका छोराको अगाडि यस्तो गर्न बाध्य पारिएपछि...

२५ अषाढ २०७६
banner

काठमाडौं। अमेरिकन एयरलाइन्सको विमानमा उडानका क्रममा एक महिला डाक्टरले आफूमाथि भएको अभद्र व्यवहारको खुलासा गरेकी छिन् । उनले लगाएको कपडा छोटो भएको भन्दै एयरलायन्सका कर्मचारीले उनलाई विमानबाट उतारिदिएका थिए । ती महिला आफ्ना ८ वर्षका छोरासँग अमेरिकन एयरलाइन्सको विमानमा चढेकी थिइन् । 

महिलालाई विमानकी एक परिचारिकाले कुरा गर्न भन्दै बाहिर निकालेकी थिइन् । अमेरिकाको टेक्सासमा बस्ने ती महिला डाक्टर टिशा रोवेले नश्लवादका कारण आफूलाई बाहिर निकालिएको आरोप लगाएकी छिन् । उनका अनुसार यदि उनको ठाउँमा कुनै गोरी महिला भएको भए उनीसँग यस्तो गरिने थिएन । टिशाका अनुसार उनलाई उडानभरी विमानभित्र कम्बल ओढेर बस्न बाध्य पारिएको थियो । उनका छोरा कम्बलभित्र निसास्सिएर रोइरहेका थिए ।

महिलाका अनुसार घटनाका कारण उनका छोरा रुन थाले । उनी जमाइकाको किंग्स्टनबाट फ्लोरिडाको मिआमी जाँदै थिइन् । मिडिया रिपोर्ट सार्वजनिक भएपछि अमेरिकन एयरलाइन्सका प्रवक्ताले यो घटनालाई गम्भीरताका साथ लिइएको बताएका छन् । उनले महिलाको नराम्रो अनुभवका लागि दुःख व्यक्त गरेका छन् । महिलाको टिकटको पूरै पैसा रिफण्ड दिइएको छ । 

ताजा भिडियो

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l