अमित बरालले रुवाए इन्दिरा जोशीलाई, हेर्नुहोस् आखिर किन रोइन इन्दिरा धुरुधुरु ? (भिडियो)

२६ आश्विन २०७५

banner

काठमाडौँ । प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि एपी वान टेलिभिजनमार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८ः३० देखि प्रसारण भइरहेको छ ।

यस सिजनमापनि अघिल्लै सिजनका निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।

थिएटर राउन्ड, पियानो राउन्ड हुँदै यति बेला नेपाल आइडल सिजन २ मा गला राउन्ड भइरहेको छ । जहाँ टप १२ जना प्रतिस्पर्धीहरू हुँदै हाल टप १० जना प्रतिस्पर्धीहरू छन् ।

हिजो नेपाल आइडलको एपिसोड १९ मा गेस्ट जजका रुपमा निकै नै चर्चित गायक हेमन्त राणा आएका थिए र हिजो टप १० प्रतिस्पर्धीहरूले आफ्नो प्रस्तुती दिएका छन् ती मध्ये आज हामी त्यस्ता एक प्रतिस्पर्धीको प्रस्तुती देखाउँदैछौँ जसले  जज इन्दिरालाई धुरुधुरु रुवाए ।

ती प्रतिस्पर्धी हुन् अमित बराल । अमितले परदेसिने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सम्झेर निकै नै मार्मिक गीत गाएका थिए जसले इन्दिरालाई भावुक बनायो र उनको आखाँबाट आशुका धारा बगे । हेर्नुहोस् कारण यस्तो ....

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष