नेदरल्याण्डले आफ्नो राजधानीमा किन लगायो डिजेल र पेट्रोलबाट चल्ने गाडीमाथि प्रतिबन्ध ? 

२३ बैशाख २०७६
banner

एजेन्सी। नेदरल्याण्डले राजधानी एम्सटर्डममा पेट्रोल र डिजेलबाट चल्ने गाडीमाथि प्रतिबन्ध लगाउँदैछ । यहाँ अहिल्यैबाट यस्ता गाडीको प्रयोग घटाउन सुरु गरेर २०३० सम्ममा यस्ता गाडीमा पूर्ण रुपमा प्रतिबन्ध लगाइनेछ । वातावरण संरक्षणको लागि संसारभर चर्चित यो देशले वातावरण प्रदूषण कम गर्न यस्तो निर्णय गरेको हो । यहाँ प्रदूषण कम गर्नको लागि साइकलको अत्याधिक प्रयोग गरिन्छ । यहाँ मानिसको जनसंख्याभन्दा भेरै साइकलको संख्या छ ।

 काउन्सिलर शेरोन डिक्समाका अनुसार प्रदूषण सुषुप्त हत्यारा हो । राजधानीमा प्रदूषणको स्तर बढिरहेको छ । स्वास्थ्य अधिकारीहरुले यहाँका नागरिकको औसत आयु  वर्ष कम भएको बताएका छन् । त्यसैले अब यहाँ पेट्रोल र डिजेलबाट चल्ने गाडीमाथि प्रतिबन्ध लगाइँदैछ । 

अर्को वर्षदेखि यहाँ १५ वर्षभन्दा पुराना डिजेल कारमाथि प्रतिबन्ध लाग्नेछ । २०२२ सम्म धेरै धुवाँ छोड्ने सार्वजनिक बसहरुलाई पनि शहर प्रवेश गर्नुभन्दा पहिल्यै रोकिनेछ । २०२५ सम्म यहाँ दुईपाङ्ग्रे इन्जिनबाट चल्ने सवारी पूरै प्रतिबन्धित हुनेछन् र २०३० सम्ममा डिजेल र पेट्रोेलबाट चल्ने सबै सवारी प्रतिबन्धित हुनेछन् । 
 

ताजा भिडियो

भ्रष्टाचार गरेको प्रमाणित गर्नुस् झुण्डिएर मर्छु : कुलमान घिसिंङ | Kulman Ghising |

सभामुखले एक्कासी माईक काटेपछि,मच्चियो खैलाबैला | Samsad Baithak |

रामनारायण विडारी जोरसोरले बोल्दा सुन्ने सांसदको थामिएन हाँसो | Ram Narayan Bidari |

कांग्रेसमाथि आक्रामक सुरेन्द्र केसी | Surendra KC |