यौन दुव्र्यवहार गर्नेलाई जेल सजायको फैसला

१९ मङ्सिर २०७५
banner

मड्रिड । स्पेनका एउटा अदालतले बुधबार यौन दुव्र्यवहार गर्ने पाँच जनालाई नौ वर्ष जेल सजायको फैसला गरिदिएको छ। 

एक जना महिलालाई सामूहिक रूपमा यौन दुव्र्यवहार गरेको ठहर गर्दै अदालतले उनीहरूलाई जेल सजायको फैसला गरेको अधिकारीहरूले जनाएका छन्। 

उनीहरूमध्ये केहीले ती महिलालाई सामूहिकरूपमा बलात्कारसमेत गरेको पाइएको अदालतको भनाइ छ। बलात्कारमा परेकी महिलाको उमेर १८ वर्ष रहेको र पाम्प्लोनामा रहेको एउटा आवासीय भवनको प्रवेशद्वारमा घटना भएको थियो। 

एक हप्ता लामो “सान फेरमीन बुल रनिङ” पर्वको बेला सन् २०१६ को जुलाई ७ तारिखका दिन घटना भएको बताइएको छ। 

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।