५०० ग्राम चरेससहित भारतीय पक्राउ

२० मङ्सिर २०७५

banner

पर्सा । प्रहरीले वीरगञ्जको इनर्वाबाट चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

वीरगञ्जबाट साइकलमा रक्सौलतर्फ जाँदै गरेका भारत बिहार राज्यको पटनाका ६० वर्षीय बिपीनकुमार कुर्मीलाई एक किलो ५०० ग्राम चरेससहित प्रहरीले आज पक्राउ गरेको हो।

नेपालमा खरिद गरिएको चरेस भारततर्फ लैजाँदै गरेको अवस्थामा कुर्मीलाई शङ्कराचार्यद्वार नजिकै जाँच गर्दा पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष