चितवनमा १३ वर्षीय बालिका बलात्कृत, २ जना पक्राउ

२६ माघ २०७५
banner

भरतपुर । चितवनमा एक १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। 

रत्ननगर नगरपालिका–७ बछ्यौलीकी एक बालिकालाई आर्थिक प्रलोभन देखाई करणी गर्ने बाराको कोल्ही नगरपालिकाका ३० वर्षीय गङ्गा चौधरी र सोही स्थानका २२ वर्षीय अजय कुमारलाई नियन्त्रणमा लिइएको रत्ननगर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए।

उनीहरुलाई घटनास्थलबाट चार किलोमिटर टाढा रत्ननगर–६ को आर्मी ब्यारेक नजिकबाट नियन्त्रणमा लिएर कारबाहीका लागि तयारी भइरहेको उनले बताए।

बालिकाको स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाइएको र आरोपित व्यक्तिले मादक पदार्थ सेवन गरेर करणी गरेको अनुसन्धानबाट खुलेको बताइएको छ। 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l