हिरासत कक्षको ग्रिल काटी फरार दुई अभियुक्त यसरी परे पक्राउ

२६ अषाढ २०७६
banner

काठमाडौं। हिरासत कक्षको ग्रिल काटी फरार दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप नगरपालिका–५ बस्ने २५ वर्षीय विकास उर्फ रुपेश भन्ने रुद्रलाल श्रेष्ठ र सोही ठाउँ बस्ने २५ वर्षीय शम्शेर माझी रहेका छन्।

उनीहरुलाई काठमाडौं बौद्ध जम्बुडाँडाबाट बुधबार साँझ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी प्रभाग बुङमती, भैसेपाटी ललितपुरको हिरासत कक्षको शौचालयको झ्यालमा रहेको फलामको ग्रिल काटी सोमबार राति फरार भएका थिए।

ललितपुर गोदावरी नगरपालिका–९ छम्पीस्थित केशब थापाको घरबाट गत वैशाख १५ गते साँझ समयमा रहेको र ललितपुर
महानगरपालिका-१९ लगनखेलस्थित बसपार्कको स्पिड सर्भिस प्रालिबाट चाबी फोडी वैशाख २८ गते राती कार्यालयमा रहेको बिभिन्न धनमाल चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा श्रेष्ठ र माझीलाई पक्राउ गरिएको थियो।

पक्राउपछि चोरी, डाँका तथा लागूऔषध मुद्धामा आवश्यक अनुसन्धानको क्रममा उनीहरु हिरासतमा थिए।

 

ताजा भिडियो

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l

देशभर बाढीको कहर : प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन | Flood In Nepal |