गर्लफ्रेण्ड राखिन् यस्तो माग, माग पूरा गर्दा प्रहरीको खोरमा

२२ आश्विन २०७५

banner

एजेन्सी । दिल्ली प्रहरीले एक यस्तो अपराधीलाई पक्राउ गरेको छ जसको बारेमा थाहा हुँदा प्रहरी नै चकित परेको छ । समाचारअुसार सो आरोपीले गर्लफ्रेण्डको माग पुरा गर्न गाडी चोर्ने गरेको खुलासा भएको छ । 

सो आरोपीले पहिला कतै जानका लागि गाडी बुक गर्ने र त्यसपछि बाटोमा पुगेपछि लुट्ने गरेको बताइएको छ ।

यो घटा दिल्लीको कापसहेडा थाना क्षेत्रको हो । सो व्यक्तिले गुरुग्राम जानका लागि गाडी बुक गर्यो तर बाटोमा चक्कु देखाएर गाडी लुट्यो । सो गाडीका ड्राइभरले प्रहरीमा मुद्दा गरेपछि आरोपीलाई प्रहरीले केही घण्टामै पक्राउ ग्रयो । 

प्रहरीले पक्राउ गरेका ती व्यक्तिको नाम रोहित रहेको बताइएको छ । उसको अपराध कथा निकै लामो रहेकोसमेत समाचारमा जनाइएको छ । खासगरी दिल्लीको उत्तम नगर र आसपासका क्षेत्रमा रोहित नामुद लुटेराका रुपमा परिचित थियो ।

उसले गाडी लुट्नेमात्र होइन केटीलाई जिस्क्याउनेसमेत गरेको उजुरहरु प्रहरीमा पुगेका थिए । राम्रो परिवारको भए पनि रोहितले आफ्नी प्रेमिकाको माग पुरा गर्न गाडी लुट्ने गरेको बताइएको छ । 

प्रहरीले रोहितसहित एक अर्को व्यक्तिलाई पनि पक्राउ गरेको छ । अर्को व्यक्ति भने पहिलो पटककै लुटाईमै प्रहरीको फेला पर्यो ।

रोहितको गिरफ्तारीपछि प्रहरीलाई पनि आराम भएको बताइएको छ । किनभने रोहित पक्राउ नपर्दा उसँग सम्बन्धित मुद्दाहरु दिनहुँ आउने गरेका थिए ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »