सिनो बहिष्कार आन्दोलनले नलिएको गति

२६ बैशाख २०७६
banner

नेपालमा दलित आन्दोलनको इतिहासमा महत्वपूर्ण आन्दोलनको रुपमा लहानको चमार (सिनो बहिष्कार) आन्दोलनलाई लिन सकिन्छ। तराईको उद्धगम स्थल सिरहास्थित लहानको सिनो वहिष्कार आन्दोलन पनि एक हो।

नेपालमा विभिन्न हक अधिकारका निम्ति भएको तराई मधेश आन्दोलन होस वा मानव अधिकारको लागि आन्दोलन होस् तराई मधेशको इतिहास रच्ने आन्दोलन लहानबाट नै भएको इतिहास छ। दलित आन्दोलनलाई विश्वमा चिनाउने चमार (सिनो बहिष्कार) आन्दोलन एक हो। सिनो बहिष्कार आन्दोलनले विश्वमा दलित आन्दोलनको पहिचान समेत गराएको हो । 

तराईमा चमार समुदायमाथि अति अन्याय, अत्याचार, दमन, शोषण र दासताको रुपमा राखिएको छ । त्यस क्रममा चमार समुदायलाई मानवताको संज्ञा नै दिइएको छैन। त्यसमापनि आफूलाई ठूला जातिका बताउने ठेकेदार भनाउँदाहरुले चमार जातिसँग मरिसकेको गाईवस्तु जर्वजस्ती फाल्न लगाउने गर्छन। तराईमा ब्राह्मणवादमा जकडिएको जमिनदारी प्रथा, सामन्ति संस्कार तथा शोषण दमनको चमार समुदायसँग गरिने व्यवहारको सिमानै छैन।

चमार समुदायको अशिक्षा, अज्ञानता र बेराजगारिको फाइदा उठाउँदै कथित ठूला जाति भनाउँदाहरुले चमार जातिमाथि शासन वर्षौंदेखि गर्दै आइरहेको छ। गाई , गोरु, भैँसी, बाख्रा आदिको दुधबाट जिउँदोमा फाईदा लिने र मरिसकेपछि नजिकको चमार समुदायका व्यक्तिलाई बोलाएर जवरजस्ती बासँमा लादेर फाल्न लगाउँछन्। सिनो फाले बापत चमार समुदायले खाली हात फर्किनु पर्ने चलन नै थियो।

लेखक : संजय कुमार महरा

मरिसकेको गाई वस्तुको छाला  झिकेर बेचेर आफनो गुजारा चलाउने र चप्पल जुत्ता पनि सिलाउने काम चमार समुदायका मानिसहरु गर्छन्। चेतनाको कमी र आर्थिक अभावको कारणले चमार समुदायले मरिसकेको गाई, भैंसीको मासु ल्याएर खानुपर्ने बाध्यता थियो। रोगले मरिसकेको गाई बस्तुको मासु आफूले खाएपछि चमार समुदायको मानिस पनि बिरामी भई मृत्यु हुनेगरेको थियो।

चमार समुदायको महिलालाई 'चमईन' भन्ने प्रथा र प्रचलन छ जुन कथित ठूला जातीका मानिसको हेपाहा प्रवृति हो । ठूला जात जातिको छोरी, बुहारी सुत्केरी (तराइमा बियाउर भनिन्छ) भएको बेलामा सहयोगका लागि चमार समुदायको महिलालाई बोलाइन्छ । र बियाउर गराइ दिएबापत र उसको बच्चालाई मालिस तथा तेल मालिस गरिदिए बापत एउटा साडी तथा केही चामल दिने चलन रहेको छ।

ठूला जातिको घरमा बच्चा जन्मिएपछि बच्चाको मुखमा चमईनले मुखमा हात पसाएर सफा गरिदिनु पर्ने चलन थियो। चमार जातिका महिला वृद्ध, हिडडुल गर्न नसक्दा उसको छोरी वा बुहारीहरुले मालिकको घरमा दिन होस वा रातमा होस उसको घरमा बियाउर गराउन जानै पथ्र्यो। चमार समुदायको छोरी, बुहारीले रातिमा बियाउर गराउन जाने बेलामा बाटोमा बलात्कृत समेत हुनुपरेको उदाहरण छ। 

२०५६ सालमा तराईको सिरहा सिनो बष्किार आन्दोलन देशभरी नै चर्चित भएको थियो। लहानमा सिनो फाल्नैपर्छ भन्ने र चमार समुदायले सिनो नफाल्ने बीच आन्दोलन तीन महिनासम्म भएको थियो। सिनो बहिष्कार आन्दोलन गर्ने समुदायमा विभिन्न नाकाबन्दीलगायत समस्याहरु भोेग्नु परको थियो। चमारले सिनो फाल्नुपर्छ भन्ने नेपाली काङग्रेसका पदमनारायण चौधरीलगायतले अगुवाई गरेका थिए।

पत्रकार तथा मानव अधिकारकर्मी अर्जुन थपलियाहरुको सहयोग र अगुवाईमा सिनो नफाल्नेबीच संघर्ष चलेको थियो। सिनो बहिष्कार आन्दोलन विभिन्न मिडियामा आएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करण भएपछि विभिन्न मानव अधिकारकर्मी र संचारकर्मीको साथले सिनो बहिष्कार आन्दोलन सफल भयो। 

चमार आन्दोलन कसरी तराईमा सफल भयो भन्ने मुख्य सवालमा केही सत्यता लुकेको छ । लहान चमार आन्दोलनले केही व्यक्तिलाई पत्रपत्रिकामा हाईलाईट गरियो। सप्तरीका वलदेव रामलगायतका लागि चमार अगुवाको रुपमा त्यतिवेल चित्रण गरिएकै हो। बलदेव राम एमाले समर्थित भएकोले उसैलाई अगुवाको रुपमा विभिन्न मिडिमा अगाडि देखाइयो र सप्तरीका बलदेव रामले यसमा अगुवाईपनि गरेका थिए।

तत्कालीन एमालेका कार्यकर्ता समेत रहेको विश्वेन्द्र पासमानलगायतले सिनो बहिष्कार आन्दोलनलाई विभिन्न संघ संस्थासँग भजाए पनि। लहान चमार आन्दोलन एक्कासी पक्कै पनि अकासिएको होइन। 

तराईको जिल्लाहरुमा शिव कुमार महराको अगुवाईमा रविदास समाज निमार्ण चमार जातिको साझा जातिगत संगठनमार्फत गाउँ गाउँमा सिनो बहिष्कार आन्लोदनको थालनी गरेको थियो। शिवकुमार महराको नेतृत्वमा ग्रामिण भेगमा संगठित गरी सिनो बहिष्कार आन्दोलन उत्कर्षमा पुर्याइएको समयमा लहान सिनो बहिष्कार चर्किएको थियो।

चमार जातिको जातीय संगठन रविदास समाजमार्फत गरिने आन्दोलनले मिडियामा आउन नसक्नुले लहानमा सिनो बहिष्कार आन्दोलन चर्चामा आएको हो। बलदेव रामको शहरमुखी आन्दोलन शिवकुमार महराहरुको ग्रामिण भेगमा संचालन गरेको आन्दोलनको मिश्रणले चमार आन्दोलन केही सफलता चुमेकै हो।

अन्ततः नेपालमा संघिय गणतन्त्र स्थापना भएको छ, जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भईसकेको छ। चमार समुदायको युवा, बुद्धिजिविलगायतले सरकारसँग चमार समुदायको शिप र पेशालाई औधोगिकरण गरिनुपर्ने, रोजगारको व्यवस्था तथा सम्मान जनक राज्यको हरेका निकायमा पहुचको अभिवृद्धि र क्षतिपुर्ति सहितको समाजिक न्याँय हुनुपर्ने चमार समुदायलाई समृद्धिको मुलधारमा राज्यले अपनाउनअति आवश्यक छ।  

 लेखक संयुक्त दलित मोर्चा सिरहा जिल्लाका कार्यकर्ता हुन्। 
 

ताजा भिडियो

भ्रष्टाचार गरेको प्रमाणित गर्नुस् झुण्डिएर मर्छु : कुलमान घिसिंङ | Kulman Ghising |

सभामुखले एक्कासी माईक काटेपछि,मच्चियो खैलाबैला | Samsad Baithak |

रामनारायण विडारी जोरसोरले बोल्दा सुन्ने सांसदको थामिएन हाँसो | Ram Narayan Bidari |

कांग्रेसमाथि आक्रामक सुरेन्द्र केसी | Surendra KC |