कांग्रेस र कम्युनिष्टका कपुतहरू ! आफ्नो देश डुबाएर खुसी हुने ? धिक्कार छ तिमीहरूलाई !

२१ आश्विन २०७५

banner

दीर्घराज प्रसाई

माओवादीका प्रचण्ड एक उदण्ड व्यक्तिको रुपमा नेपाली समाजमा चिनिएर वदनाम छन्। २०५२ साल अघि आर्थिक रुपमा कमजोर व्यक्ति २०५२ सालपछि देशभित्र आतंक मच्चाई लुटेको स्रोतबाट प्रचण्ड खर्बपति भएका छन् । स्वदेश विदेशमा प्रचण्डले अबौं रकम जम्मा गरेका र स्वदेश विदेशका अनेकौं ठाउँमा महलहरुका मालीक बनेका छन् भनिन्छ।

त्यस्तै शेरबहादुर देउवा पनि हैसियत गुमाइसकेका भ्रष्ट व्यक्तिको रुपमा चिनिन्छन्। २०४७ सालभन्दा अगाडिका एक गरीब व्यक्ति आज शेरबहादुर देउवा खर्बपति बनेका छन् । यसरी चौतर्फी वदनाम भएका नेताहरुको सम्पत्तिको स्रोतको राज्यले छानवीन गरी उनीहरु चौतर्फी कलंकबाट पखालिन सक्तैनन्।

उता मधेसी भनौदाहरु सबै भ्रष्ट छन् । यिनीहरु २०७१ साल भन्दा अगाडि सोनीयाँ गाँधी र ‘र, अ’का भरिया थिए । यिनीहरु तराईका जनताको भलो गर्ने तत्व होइनन् । यिनीहरुको रणनीति ‘एक मधेस एक प्रदेश’को नामबाट एकीकृत नेपाललाई टुक्रयाउने थियो । अहिले कांग्रेस (आई) को सत्ता ढलेपछि उनीहरु अलि मच्चर भएका छन्। यी देशद्रोही मधेसीहरुको आधारमा देशलाई हिडाउन खोज्ने हो भने नेपालको अस्तित्व समाप्त हुन्छ। मधेस भन्ने नेपालमा कुनै जिल्ला, गाउँ छैन र मधेसीहरुको कुनै भाषा पनि छैन। उनीहरुले तराईका मूलवासीहरुलाई दिग्भ्रमित बनाएर देशलाई भडखाडामा हाल्नु बाहेक केही छैन।

वास्तवमा नेपाल अधिराज्यको सबैभन्दा सुगम क्षेत्र तराई नैं हो । यहाँ सरकारको तर्फबाट पनि बाटो घाटो, सिंचाई, उद्योग, कलकारखाना आदि इत्यादि विकासका पूर्वाधारहरु विकसित भएका छन्।नेपालको पहाडी क्षेत्रको दाँजोमा तराई समृद्ध छ । तर तराईका कतिपय जातका जनता सामाजिक र आर्थिकरुपमा धेरै पछाडिएका छन् । उनीहरुका पीर मर्का, पीडाहरु समाधान गर्न पर्ने अत्यावश्यक छ । तर अहिलेसम्म मधेसी भनौदाहरु तराईका पीडित जनताको पक्षमा कहिले उभिएनन् । तराईका जनताको नाम बेचेर उनीहरुलाई पनि मधेसी बनाएर
तराईलाई आतंकि मच्चाएर असुरक्षित बनाउनु मात्र उनीहरुको चासो हो । 

पत्रकार सीताराम अग्रहरी लेख्छन्, ‘मघेसी नेताहरुसँग कुनै दृष्टिकोण छैन। तराईका जनता एक मघेस एक प्रदेशको नाराले वाक्क भइसकेका छन्। देश आपसी द्वन्द, द्वेष, कलहमा जाकिने संभावना छ। सत्ताको रापले देश धरापमा परेको छ। नेताहरुलाई देशको होइन आफ्नो चिन्ता छ।’लालबाबु यादव लेख्छन्, ‘म तराईको भूमिपुत्र हुँ । कहाँ छ तराईका मूलवासीलाई विभेद ? तराईका जनतासँग नियमित अन्तरक्रियामा छु । कुनै पनि तराईका जनता जो वंशजको नेपाली हो उसले यो माग राखेको छैन र यसमा सहमत पनि छैनन् । नागरिकताको विषयलाई अहिले जसरी मधेसी मोर्चा आवद्ध केही दलका नेता र मधेसका विश्लेषकहरुले उछालिरहेका छन्, उनीहरुका अनुसार भयो भने सबैभन्दा ठूलो घाटा तराईका मूलवासी समुदायलाई हुन्छ । बंशजका तराईका मूलवासीका लागि यो माग घातक हो । हिजो नेपालीसँग बिहे गरेर आउनेहरुले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री पाउने अनि हामी वास्तविक बंशजका नेपाली टुलुटुल हेर्नुपर्ने अवस्था आउँछ।

जुन उद्देश्य र नियतबाट यो माग अघि सारिएको छ, त्यसले पनि वंशजका तराईका मूलवासीलाई झस्काएको छ। जसले उनीहरुलाई यो मागमा उचालिरहेको छ, उसको नियत नेपालमा नेपालीलाई कमजोर बनाउने नै हो।’ मधेसीहरू भारतीय राजदूताबास र बाणिज्य दूतावास बीरगंजबाट परिचालित छन्। कांग्रेस, एमाले, माओवादीका देशद्रोही नेताहरू र भाट बुद्धिजीवीहरूले देश टुक्रयाउँदैछन् । भारतले उसबेला नेपाललाई आफ्नो प्रभावमा लिन कांग्रेस, कम्युनिष्टलाई एकीकृत गरायो। राजा महेन्द्रले कांग्रेस र कम्युनिष्टलाई मिलाएर देश निर्माणमा लगाए। बीपीले कम्युनिष्टको विश्वास हुँदैन भनेर कहिले पनि मिल्न चाहेनन् । तर २०६२ सालपछि भारतको इशारामा कांग्रेस, कम्युनिष्ट एक भएर नेपालमा आगो लगाउदै कब्जा गर्ने षडयन्त्रमा सहभागी बने। त्यो राष्ट्रघातको खतरनाक खेलबाट आज नेपाल सम्हालिन नसक्ने अवस्थामा पुगेको छ।

थुइक्क कांग्रेस र कम्युनिष्टका कपुतहरू १ आफ्नो देश डुबाएर खुसी हुने तिमीहरूलाई धिक्कार छ। भारतीय गुप्तचरले पहिलादेखि आफ्नो भरिया बनाएका सर्वप्रथम बाबुराम भट्टराईलाई हात लियो। नेपाललाई डुबाउन गरिएका यी सबै षड्यन्त्रमा फस्ने कोही पनि नेता हुन सक्दैनन्। १२ बुँदे सहमतिमा हस्ताक्षर गर्ने र त्यसको समर्थन गर्नेहरू देशद्रोही हुन्।

गिरिजा मरेर गए पनि बाँकी बाँचेका देशद्रोहीलाई समातेर चिडियाखानामा राख्दै, नेपाली जनतालाई हरेक दिन थुक्न लगाउने व्यवस्था मिलाउनु पर्दछ। चिडियाखानामा दबाईमूलो, मासु, नुनपानी खाने व्यवस्था गरिदिन उपयुक्त हुन्छ। त्यसपछि रक्त पिपासुहरूले लुटेको राष्ट्रको सम्पत्ति स्वदेश विदेशमा जहाँ–जहाँ छ, तिनको नाता र साँठगाँठका भ्रष्टहरू को कति छन् सबै पत्ता लगाई सम्पति राष्ट्रियकरण गर्नुपर्दछ। यसो गरिए हजार वर्षसम्म यो देशमा त्यस्ता कपुतहरूको जन्म हुने छैन।

नेपालको भौगोलीक, जातीय अवस्थालाई इन्कीत गर्दै राजा महेन्द्रले भनेका थिए, ‘पार्टी व्यवस्थाले जनता मात्र विभाजित गराउने होइन त्यसले देशै नैं विभाजन गर्नसक्छ। राजा महेन्द्रले भनेझैं २०६३ सालपछि पार्टीभित्रका देशद्रोही अपराधीहरू विदेशीको भरिया बनेर नेपालको अस्तित्व समाप्त पार्न लागेका हुन्। २०६३ सालदेखि अहिलेसम्म राजा महेन्द्रको विचारबाट पराजित कम्युनिष्टहरूको सत्ता छ। यिनलाई अब राज्यले यथाशिघ्र समातेर कारवाही गर्न र देश बचाउन सक्नुपर्छ।

कुकुर बहुलायो भने मार्नुपर्छ। मान्छे बहुलायो भने थुन्नुपर्छ। देशभित्रका देशद्रोही गद्दारहरूलाई जेलमा कोचेर कारवाही गर्नुपर्छ। बितेका १२ बर्षमा नेपाल र नेपालीलाई जताउने, अभावग्रस्त बनाएर ब्रम्हलुट गर्दै विदेशीलाई खुसी पार्नमा मात्र लागे दलका देशद्रोही फटाहाहरू। बच्चालाई डाक्टरले उमालेको पानीमा फालिदिएको जस्तो डा. बाबुराम भट्टराईले नेपाललाई भौडीमा पार्न खोजे १ बाबुराम भट्टराई देशद्रोही रहेछन् !

२०६२ सालमा भारतको गुप्तचर संस्था ‘रअ’ को रोहबरमा भएको १२ बुँदे सहमतिमा जातीय संघीयताको कुरा नउठे पनि, बाबुराम भट्टराई नेपालीहरूबीचको जातीय एकता तोडेर हिन्दू तथा बौद्ध धर्मलाई समाप्त गर्न दृढ संकल्पित थिए । यो कुरा जनआन्दोलन ४ जेठ ०६३ मा सभामुख सुवास नेम्वाडलाई दबाब दिँदै रातोरात नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्न लगाउने मान्छे यिनै थिए । यिनैले राजालाई संविधानसभाको निर्वाचनअगाडि नै निलम्बन नगरे माओवादी फेरि जनयुद्धमा जान्छ भन्दै बिचरा कांग्रेस र एमालेका नेताहरूलाई तर्साएर गैरसंवैधानिक रूपले राजालाई निलम्बन गरेर माओवादीको बाटोमा लागेका थिए। दुःखको कुरा बाबुराम भट्टराईले विदेशीहरूलाई खुसी पार्न नेपालका संसदीय पार्टी नेताहरूलाई भारतीय ढलमा फसाए।

बाबुराम भट्टराईले एमालेका आङकाजी शेर्पा, अशोक राई कांग्रेसलगायत अन्य पार्टीभित्रका जनजातिका केही भाँडहरूलाई भेला पार्दै डलरको लोभ देखाएर १९ असार ०६९ मा देशलाई जातीय युद्धमा फसाउन एकल जातीय संघीय मोर्चाका लागि आह्वान गर्नुबाट बाबुराम भट्टराई कति देशद्रोही रहेछन् भन्ने कुरा प्रमाणित भएको छ। डा. बाबुराम भट्टराईप्रति सुरुसुरुमा म त्यत्ति सशंकित थिइनँ। तर, ०६३ को जनआन्दोलन विसर्जन भएपछि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई उनले देख्नै सकेनन्। गिरिजालाई दबाब गरेर उनले नै राष्ट्रिय एकता दिवस खारेज गराए। राजाका सालिकहरू भत्काउन लगाए। उनको रवैया हेर्दा म अत्यन्त दुःखित भएँ। गोर्खामा जन्मिएको एउटा नेपाली आफ्नो देशको राष्ट्र निर्माताको अस्तित्व निमिट्यान्न गर्न लागिपरेका यिनै बाबुराम भट्टराई को हुन्।

एउटा बच्चालाई डाक्टरले उमालेको पानीमा फालिदिएको जस्तो डा. बनेका भट्टराईले नेपाललाई भौडीमा पार्न खोजे। तर, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक जसले भत्काउँछ, जसले राष्ट्रिय एकता दिवस मनाउन रोक लगाउन बाध्य बनाउँछ, त्यस्तै व्यक्तिलाई विदेशीहरूले ठूलो षड्यन्त्र गरेर नेपालको प्रधानमन्त्री बनाई छाडे। भारतीय गुप्तचर संस्थाको रोहबरमा चारबुँदे राष्ट्रघाती सम्झौता गरेको भोलिपल्ट १२ भदौ ०६८ देखि भट्टराई प्रधानमन्त्री बनेर हाम्रा सारा मान्यताहरू तोड्न लागे।

बाबुराम भट्टराईलाई कम्युनिस्ट बनाउने कम्युनिस्ट नेता मोहनविक्रम सिंहले १५ फागुन ०६८ मा एक साप्ताहिकमा जातीय संघीयताको विरोधगर्दै लेखेका छन्, ‘मधेसवादीहरूले नेपालमा सर्वप्रथम आत्मनिर्णयको अधिकारसहितको संघीयताको अवधारणा अगाडि ल्याए। त्यसप्रकारको अवधारणा नेपालको राष्ट्रिय विखण्डनको स्थिति सिर्जना गर्ने र संघीय व्यवस्थाअन्तर्गतका राज्यहरूलाई भारतीय संघमा सामेल गर्दै जाने भारतीय ‘ग्रान्ड डिजाइन’ हो।

कैयौँ भारतीय नागरिकले नेपालमा प्रवेश गरेर नेपालको नागरिक भएर नेपालको राजनीतिमा आफ्नो प्रभाव बढाउन थाले। उनीहरूले बेग्लै मधेस राज्य बनाउने र त्यसको राष्ट्रपति बन्न राम राजाप्रसादलाई अनुरोध गरेको कुरा स्वयं रामराजाप्रसादले सार्वजनिक गरेका थिए। भारतीयहरूलाई ठूलो संख्यामा नेपालको नागरिक बनाएर देशलाई फिजी बनाउने दिशामा योजनाबद्ध रूपले प्रयत्न गरिरहेका छन्।’ जातीयतालाई हामीले अंगीकार गर्ने होइन, खत्तम गर्नुपर्दछ। जातीय व्यवस्था एक अमानवीय व्यवस्था हो।

संसारमा सबै सार्वभौम राष्ट्रहरुका आ–आफ्नै पहिचान र पहिरन छन्। हामी नेपालीहरुको पनि आफ्नै मौलिक पहिचान र पहिरन छ। अंग्रेजी साम्राज्यको प्रभावमा नपरेका नेपाललगायत संसारका कुनै पनि सार्वभौम राष्ट्रहरुले आ–आफ्नो पहिरन, पहिचान र परिचय बँचाएर राखेका छन्। अतः नेपालमा हिन्दुअधिराज्य तथा राजसंस्थालाई यथावत राख्न नेपाल अधिराज्यभरी जनता आन्दोलित छन्। राजसंस्था सहितको हिन्दु अधिराज्य अटल राख्न सक्रिय बनौं !

Leave a reply

HTML Tags are not supported

Post My Comment »