नेपाली सम्पदामा सम्बर्द्वन र संरक्षणको कमी

५ बैशाख २०७६
banner

सचिन्द्र श्रेष्ठ

अहिले नेपाल सांस्कृतिक रहनसहन, सीप ,कला संस्कृतिले मात्र हैन प्राकृतिक सम्पदाले पनि विश्वसामु चिनाएको छ । यही प्राकृतिक सुन्दरतालाई अनुभव वा हेर्न नेपालमा लाखौ विदेशी तथा आन्तरिक पर्यटकहरू आउने क्रम बढ्दो पाइन्छ ्र विदेशी पर्यटकहरू यहाँको प्राकृतिक ,सामाजिक , धार्मिक  र प्राचीन सांस्कृतिक कला महत्वका साथ सम्पदाहरू अवलोकन गरेर जाने गर्दछन् सम्पदाहरू अहिले नेपालको सबै भन्दाबढी आम्दानीको श्रोत बन्न पुगेको छ ।सोही प्राकृतिक र सांस्कृतिक मूल्य मान्यतालाई जीवन्त राख्न हरेक वर्ष विश्व सम्पदा दिवस नेपालमा धूमधामका साथ मनाउने गरिन्छ।

हाल सम्म नेपालका विश्व सम्पदा सूचीमा १० वटा सम्पदाहरू पर्न सफल छ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक सङ्गठन  (UNESCO)  ले सन् २००० जुन ९ मा प्रकाशन गरेको विवरणमा विश्वका ११८ देशका जम्मा ६३० मध्ये नेपालका १० वटा विश्व सम्पदा सूचीमा समेटेको थियो । सन् १९८२ देखि सुरु गरिएको उक्त दिवस हरेक अप्रिल १८ मा मनाउने गरिन्छ। विश्वमै उदाहरणीय र अतुलनीय रूपमा आफ्नै महत्व बोकेका ऐतिहासिक स्थलहरूलाई आगामी पूर्खाहरूका लागि सदा जीवित राख्ने उद्देश्यले  यो दिवस मनाउन थालेको हुँदा यसलाई नारा र भाषण मात्र नरही बहस र कार्यान्वयनकै विषय बनाउनु पर्ने देखिएको छ।

किनकी नेपालमा रहेका कति  सम्पदाहरू अहिले भग्नावशेष अवस्था त कतिको दयनीय क्षति रहेको हुँदा उचित मर्मत सम्भारको कमीले अवशेष मेटिने खतरा बढि देखिएको छ। यसको मूल कारण बि। स। १९९० र २०७२ सालको विनाशकारी भूकम्प, दैविक प्रकोप साथै राजनीतिक आतंरिक युद्धले पनि  बर्षो देखिको मर्मत सम्भार नभई जीर्ण हुनु र हराउनु पनि रहेको छ। यी क्षति भएका कारण अबका आगामी पिँढीलाई इतिहास बताउनु पर्ने अवस्था नआउला भन्न सकिन्न। त्यसैले यसको बेलैमा सम्भार गर्न सक्नु पर्दछ।

प्राकृतिक सम्पदा अहिले राजधानी उपत्यकामा मात्र खुम्चिनु वा त्यहाँको लागी मात्र ठान्नु गलत हुन्छ देशका हरेक क्षेत्रमा उत्तिकै महत्व राख्दछ। जसले विदेशी एवं स्वदेशी पर्यटक भित्राउन मद्दत गर्ने र आम्दानीका श्रोतको पहिचान, सिप कलाको विकासमा समेत टेवा पुर्याउने गर्दछ। इतिहास साक्षी होला नेपाल अहिले मात्र होइन विगत देखि नै पुराना सांस्कृतिक सम्पदा, चाडपर्ब, कला ,प्राकृतिक धरोहरको अलगै नमुना पेश गर्न विश्व सामु परिचित छ।

इतिहासका कालखण्डमा थुप्रै आरोह अवरोह नेपालले पार गरेको दैनिक समाचारमा ऐतिहासिक सम्पदा, मूर्तिहरू चोरी निकासी बिक्री बितरण भएको सुनिन्छ तर अझ सम्म कसैको दण्ड सजाय भोगेको पाईदैइन।हामी आफ्ना सम्पदाहरू दिनानुदिन लिलाम भएको टुलुटुलु हेरेर बस्ने गरेका छौ।केहि दिन अगाडि पंक्तिकार दुबईको ठुलो ब्यबसायिक मलमा ९गिनीज वर्ल्ड रेकर्ड,बिश्वकै सबै भन्दा ठुलो दुबई सपिंङ मल०जादा त्यहाँ अमेरिका बाट संसारमै लोप भएको डायनासोरको कंकाल लिएर राखेको देखियो।यो त्यहाँ राख्नुको कारण हो पर्यटक प्रबधन र संरक्षण१जसका कारण दुबईले आर्थिक स्तर माथि उकासेको छ। यहाँ यो जोडन खोजीएको हो की हामी नेपालमा भएको सम्पदाको संरक्षण गर्न सकेका छैनौ तर बिदेसीहरु आफु सँग नभए पनि बाहिर बाट ल्याएर आफ्नो सम्पदा ठानी मनघ्य आम्दानी गरेका छन यस बाट पनि सिकन आवश्यक छ या संग्रालयको बिधि अपनाएर पुराना खराब बस्तु जो बहुमूल्य छन त्यस्ता चिजको ब्यस्थापन गरेर पनि आर्थिक लाभ लिन सकिन्छ।

नेपालमा रहेका मठ मंदिर अहिले टेकोको भरमा अड़किएको छ ,धरहरा बन्ने नबन्ने ठेगान छैन,भएका सम्पदाहरू कुनै गुठीको भर त कोही ब्यक्तिगत स्वार्थमा मागी खाने भाँडो भएको छ।सरकारले यसमा ध्यान दिन सकेको छैन।हामी नया नया गन्तब्य खोजी रहन सकेका हुदैनौं पुराना रितिस्थिति कलालाई ब्यबसायीक बनाउन चाहदैनौं र भएका पनि लोप हुने अवस्थामा छन।

हो अब पनि हामीले सधै हाम्रा बहु धर्म, सांस्कृतिक चालचलन, पर्ब,कला सस्कृति,भेषभुषा ,बहुजाति,प्राकृतिक सम्पदालाई उचित सम्भार संरक्षण गर्न सकेनौं भने नेपाल इतिहासमा मात्र उल्लेख हुने र आगामी सन्ततिलाई कथा भन्ने अवस्थामा गुज्रीन बेर लाग्दैन तसर्थ यस दिबसलाई नारा ,भाषण मात्र नठानी बहसको विषय समझेर हाम्रा सम्पदालाई उचित स्याहार र संरक्षण एवं डिजिटल प्रबिधीमा अपडेट गरी अघि बढ्नु आवश्यक छ जसले गर्दा नेपाललाई विश्वसामु छूटै पहिचान दिलाउन र आर्थिक ,सामाजिक स्तरमा धनि बनाउन मद्दत पुग्ने देखिन्छ।

 

ताजा भिडियो

संसदमा चलेकाे सत्ता र प्रतिपक्षकाे राेचक जुहारी | Samsad Baithak | Juhari |

अर्को हंगामाः गृहमन्त्री र महेश बस्नेत टार्गेटमा l Samsad Baithak Hangama l

सेनाले २ घण्टा लगाएर यसरी गर्यो बम डिस्पोज |

काठमाडौंको सडकमा विप्लवको बन्द प्रभाव- LIVE I Biplab Banda Kathmandu I