अनुभवः जापानमा नेपालीहरूको छवि बिग्रिने अवस्थामा

२ बैशाख २०७६
banner

टोकियो । जापानमा आजभोलि नेपाली साथीभाइहरूको चटक देखेर मलाई जापान बसाइका अनुभवका केही कुरा लेख्न मन लाग्यो । कुरा हो नेपालीहरूले पछिल्लो समय जापानमा गरेका काण्डहरू । जसबाट नेपालीले गुमेको छवि फर्कन सक्ला र र ? किनकि जापानमा जो जापानिजहरुले नेपालीलाई  चिन्ने गर्छन, उनीहरुमा यस्तै नेपालीहरूका पछिल्लो समयमा जापानमा भएको गतिविधिले नराम्रो छाप पारी सकेको छ ।

मानिसभित्र रिस, क्रोध, मायाप्रेम लगाएतका संवेगहरू हुन्छन् र तिनै  संवेगको नियन्त्रण पनि मानव आफैले गर्न सक्छ ।  सुधार र परिवर्तन गर्न पनि सक्छ । यिनै गुणहरूलाई वेवास्ता गरियो भने वा हेलचक्राई गरियो भने तिनै गुण नै अवगुण बनिदिन्छन् । जसको परिणाम स्वरुप नेपालीले आज जापानमा एकपछि अर्को काण्ड घटाई रहेको छन् । आज तिनै एकपछि अर्को काण्डले गर्दा रूप नै बेरुप बनिदिएको छ । जापानवासी हामी नेपालीहरूलाई लाजमर्दो भएको छ ।

माथिका हरफहरू पढ्दैगर्दा तपाईँलाई लाग्न सक्छ कि यसले के लेख्दै छ ? मैले उठान गर्न खोजेको मुख्य कुरा जापानमा बसोबास गर्दै गरेका हामी नेपालीहरूको व्यवहार र हाम्रो अहिलेको चरित्रबारे हो । हजारौं सम्भावनाहरू भएको देशमा लाखौँ खर्च गरेर आएका हामी मध्ये धेरैले न व्यवहारिक परिवर्तन खोज्यौँ , न त ति हजारौं सम्भावनाहरू । केवल  लाखौं खर्च गरि बियरका बोतल फुटाउन सिक्यौँ । कुर्सी हानाहान गर्न सिक्यौँ । नक्कली लाइसेन्स बनाई संसारलाई नै चकित पार्न सिक्यौँ।

पुराना केही र पछिल्लो समयमा बढिरहेका हर्कतहरुलाई हेर्दा लाग्छ हामीले यो देशबाट सिक्न सकिने कुरा के हो त्यसलाई पूरै वेवास्ता गर्यौं र स्वभाव फेर्यौ, माथि भनेजस्तै कुरूप चरित्र देखायौँ ।कम्तिमा अरुको देशमा बसेपछि त्यहाँको मौलिक कानून र नियमको परिधिलाई ध्यान दिन सक्नुपर्छ ।नेपालमा सामान्य लाग्ने केही कृयाकलापहरू जापानमा हदैसम्मको कानून लाग्ने प्रकृतिका पनि छन् ।

नेपालबारे चासो राख्ने एक जापानीले मसँग  भनेका थिए, “जापान आएका नेपालीहरूले देश फेरे, भेष फेरे तर स्वभाव फेर्न सकेनन् ।” उनले भनेजस्तै हामीले स्वभाव उही पुरानै देखायौँ, फेर्यौ देश र भेष मात्र ।

गुडिरहेको ट्रेनमा बसेर फोन गर्दै छ भने त्यो नेपाली हो भन्न थालिसकेका छन् । सार्वजनिक ठाउँमा चुरोट उडाउदै हिंडेको कोही छ भने नेपाली नै देखिन्छन। भाषा स्कुल र भोकेसनल कलेजहरुमा बढी हल्ला गर्ने र नपढ्नेको नाममा नेपाली अग्रपंत्तिमा आउँदा कतिपय स्कुलहरुले नेपालीको कोटा नै काटिदिएका छन् । 

काम गर्ने ठाउँहरुमा पनि छवि बिगारे र नेपाली हो भने पछी काम नदिने वा नेपालीका लागि माग नै नआउने अवस्था सुरु भै सकेको छ  । कोठा खोज्दा विदेशीहरूका लागि ओके तर नेपालीहरूका लागि छैन भन्ने अवस्था सिर्जना भैसकेको छ । रेष्टुरेन्टहरूमा रक्सी खाएर हल्ला र झै–झगडा गर्ने, जापानिज महिलाहरु माथि दुव्र्यवहार गर्ने जस्ता बढिरहेका घटनाप्रति सबैजना सचेत हुन आवश्यक छ । यि हाम्रा वानीहरु परिवर्तन हुन आवश्यक छ ।

मैले यति लेखिरहँदा सबैलाई जनालाई दोष दिइरहेको छैन, जापानमा नेपालीहरूको शिर र छवी उच्च राख्न अहोरात्र लागिरहेका धेरैजना अग्रज व्यक्तिहरु हुनुहुन्छ उहाँहरु प्रति मेरो सधै सम्मान छ । सम्पूणलाई यति मात्र भन्न खोजेको हो ति र त्यस्तै गतिविधीहरु निरन्तर भैरहने हुन् भने नेपाली लाई हेर्ने छवी निरन्तर विग्रंदै जानेछ । र यो सुधार हुन धेरै समय लाग्नेछ् ।

नियमविपतिरका कृयाकलापहरुले हामी स्वयंलाई त समस्या पर्छ नै, हाम्रै गतिविधिहरुले गर्दा जापानलाई आफ्नो बैदेशिक गन्तव्य बनाउने चाह राख्ने भावी पुस्तालाई समेत असर पर्छ । हामीले राम्रो गरिदिए आगामी दिनमा अरुलाई पनि आउन सक्ने, काम गर्न सक्ने, सिक्न पढ्न कमाउन सक्ने वातावरण तयार हुन्छ ।

सुरेश घिमिरे  ( KOP Company  ) Saitama japan

ताजा भिडियो

संचारमन्त्री बाँस्कोटाको पत्रकार शैलीमा कर्यालय छड्के ।Gokul Baskota l

विप्लवमाथि प्रचण्ड टिप्पणी | Puspa Kamal Dahal Prachanda | Netra Bikram Chand Biplab |

लालजोडी- ओली-प्रचण्डको साझा भिडियो सम्बोधन । PM KP Oli and Prachand l

सर्वेन्द्र खनालको प्रश्नः कोही भन्दा म के कम ? IGP Sarbendra khanal ।