इंग्ल्याण्डका बलर अगाडी टिक्न सकेनन् अस्ट्रेलियाली ब्याट्सम्यान, मात्र २२४ रनको लक्ष्य

२६ अषाढ २०७६
banner

एजेन्सी । इंग्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले घरेलु टोली इंग्ल्याण्डलाई जितका लागि २२४ रनको सामान्य लक्ष्य दिएको छ । बर्मिंघममा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २२३ रन बनायो । 

अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ्स खेले । खराब सुरुवात गरेको अष्ट्रेलियाले मात्र १५ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, पूर्व कप्तान स्मिथले चौथो विकेटका लागि एलेक्स केरीसँग १०३ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए । केरी ४६ रनमा आउट भए ।

यस्तै अष्ट्रेलियाका मिचेल स्टार्कले २९ र ग्लेन म्याक्सवेलले २२ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । अष्ट्रेलियालाई सस्तैमा समेट्न इंग्ल्याण्डका क्रिस वोक्स र आदील रशिदले समान ३/३ विकेट हात पारे । जोफ्रा आर्चरले २ विकेट लिए ।

यी दुई टोलीबीचको विजेताले उपाधिका लागि न्युजिल्याण्डसँग खेल्नेछन्।

ताजा भिडियो

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l

देशभर बाढीको कहर : प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन | Flood In Nepal |