अष्ट्रेलियाद्वारा दक्षिण अफ्रीका पराजित

२३ कार्तिक २०७५
banner

एजेन्सी । घरेलु टोली अष्ट्रेलियाले दक्षिण अफ्रीकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा जित हात पारेको छ । शुक्रबार भएको दोस्रो एकदिवसीयमा अष्ट्रेलियाले ७ रनको जित निकालेको हो ।

अकल्याण्डमा अष्ट्रेलियाले दिएको २३२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२४ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिल्नरले ५१ रनको अर्धशतकीय इनिङस खेल्दा फाप डु प्लेसिसले ४७ रन जोडे । तर, टोलीलाई जित दिलाउन सकेनन् ।

अष्ट्रेलियाका मार्कुस स्टोनिसले ३ विकेट लिदा जोश हजालउड र मिचेल स्टार्क्सले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४८ ओभर ३ बलमा अलआउट हुँदै २३१ रन जोडेको थियो । अष्ट्रेलियाका लागि एलेक्स केरीले ४७ रन जोड्दा कृश लियोनले ४४ रन जोडे । 

यस्तै कप्तान आरोन फिन्चले ४१ रन जोडे । दक्षिण अफ्रीकाका कागीसो राबडाले ४ तथा ड्वाने प्रेटोरिउसले ३ विकेट लिए ।

दोस्रो एकदिवसीयमा जित निकालेसंगै अष्ट्रेलियाले तीन खेलको सिरिजमा १ - १ को बराबरी गरेको छ । दुई टोलीबीचको अन्तिम खेल आइतबार हुनेछ ।

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l