अन्तिम खेलमा पनि भारत पराजित, अष्ट्रेलियाले जित्यो सीरिज

२९ फाल्गुन २०७५
banner

एजेन्सी । भारत भ्रमणमा रहेको अष्ट्रेलियाले बुधबार पाँचौ एकदिवसीय क्रिकेटमा भारतलाई पराजित गर्दै सीरिजमाथि कब्जा गरेको छ । बुधबार दिल्लीको फिरोज शाह कोटला मैदानमा भएको खेलमा पहिला ब्याटिं गरेको अष्ट्रेलियाले भारतलाई २७३ रनको लक्ष्य दिएको थियो । 

जवाफी ब्याटिंग गर्न मैदानमा उत्रेको भारत निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदा २३७ रनमा सिमित भयो । पाँचौ खेल ३५ रनले जितेको अष्ट्रेलियाले भारतमा २००९पछि पहिलो पटक एकदिवसीय क्रिकेट सीरिज जितेको हो । 

अष्ट्रेलियालाई जित दिलाउन बलिंगतर्फ एडम जाम्पाले ३ विकेट लिए भने पाट कमिन्स, एजे रिचर्डसन र मार्कोस स्टोइनिसले समान २–२ विकेट लिए ।

भारतका लागि ओपनर रोहित शर्माले ५६ रन बनाए भने भुवनेश्वर कुमारले ४६ र केदार जाधवले ४४ रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सकेनन् । 

यसअघि अष्ट्रेलियाका लागि ओपनर उस्मान ख्वाजाले सीरिजमा दोस्रो शतक प्रहार गर्नेक्रममा बुधबार १०० रन बनाए । यस्तै अघिल्लो खेलमा शतक बनाएका पिटर हेन्डस्कम्बले ५२ रनको योगदान दिए । 

एक दिवसीय क्रिकेटको इतिहासमा पाँच खेलको सीरिजमा पहिलो दुई खेल हारेर पनि सीरिज जितेको यो पाँचौं पटक हो । अष्ट्रेलियाले विश्वकप शुरुहुन्दा पहिलाको आफ्नो अन्तिम सीरिजमा भारतलाई भारतमै पराजित गरेर विश्वकपको दाबेदारी प्रस्तुत गरेको छ ।

यसअघि अष्ट्रेलियालाई कमजोर टीम मानिएको थियो । तर, भारतले उसले दमदार प्रदर्शन गरेर विश्व क्रिटेमा फेरि आफ्नो दबदबा देखाएको हो ।

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |