पाकिस्तानले अस्ट्रेलियालाई दियो ४६२ रनको विशाल चुनौती

२४ आश्विन २०७५
banner

दुबई। पाकिस्तानले दुबईमा जारी पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियासामु जितका लागि ४६२ रनको विशाल चुनौती दिएको छ। बुधबार अपराह्न पाकिस्तानले दोस्रो इनिङमा ६ विकेट गुमाएर १८१ रन बनाई पाली समाप्तिको घोषणा गरेको थियो।

तीन विकेटको क्षतिमा ४५ रनबाट खेल्न थालेको पाकिस्तानका लागि इमाम–उल–हकले ४८, हरिस सोहेलले ३९ तथा असाद सफिकले ४१ रन बनाएका थिए।

पाकिस्तानले पहिलो इनिङमा ४८२ रन बनाएको थियो। पहिलो इनिङमा अस्ट्रेलियाले २०२ रन बनाई अलआउट भएको थियो।

अस्ट्रेलियाका लागि स्पिनर जोन होल्यान्डले ३ र नाथान लायनले २ विकेट लिएका थिए।

दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट अबुधाबीमा अक्टोबर १६ देखि शुरु हुँदैछ।

ताजा भिडियो

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l

प्रधानमन्त्रीको कडा अभिव्यक्तिः राजावादी र विप्लवलाई दनक, सिके राउत सुध्रिए l PM KP Oli Speech l

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन भाग- १ । PM KP Oli Speech l

कार्यालय तर्फ जाँदै गर्दा...। Help Vlog l