हिंसाको आरोप लगाएर पतिलाई पठाइन् जेल, एक भिडियोले खोलिदियो पत्नीको सबै पोल

२० मङ्सिर २०७५

banner

सिडनी। अस्ट्रेलियाकी एक महिलाले आफ्ना पतिमाथि कुटपिटको आरोप लगाउँदै उनलाई जेल पठाइन् । तर, छिट्टै एक भिडियोले पत्नीको पूरै पोल खोलिदियो । रिपोर्टका अनुसार यहाँका फैजल खान नामका युवाको मुस्लिम डेटिङको माध्यमबाट अस्मी नामकी महिलासँग चिनजान भएको थियो । केही दिनपछि दुवैले बिहे गरे ।  तर, बिहेको ८ महिनापछि नै महिलाले आफ्नो असली रंग देखाउन सुरु गरिन् । 

फैजलले प्रहरीलाई बताए कि उनलाई पहिले नै पत्नीमाथि शंका भइसकेको थियो । उनले बुझिसकेका थिए कि उनीसँग विवाह अस्ट्रेलियाको भिसा पाउनको लागि गरिएको थियो । जब अस्मीले थाहा पाइन् कि फैजलले उनको असलियत थाहा पाइसकेका छन्, त्यसपछि उनले फैजललाई फसाउने योजना बनाइन् । फैजलले भने कि उनकी पत्नीले उनलाई फसाउने कुरा आफैं भनेकी थिइन् । फैजलले भने ‘एक दिन राती उसले मलाई धम्की दिँदै भनेकी थिइ, तिमी मलाई घरबाट बाहिर निकाल्ने ? हेर्दै जाउ म तिम्रो के हाल गर्छु ।’

फैजललाई फसाउनको लागि उनकी पत्नीले आफैं लिफ्टमा गएर आफ्नै अनुहारमा कैयौं पटक मुक्का हानिन् जसका कारण उनको आँखामुनि कालो घेरा बन्यो । त्यसपछि उनले पुलिस बोलाइन् । पुलिसले फैजललाई पक्राउ गरेर लिएर गयो । त्यसपछि फैजलले वकिलको मद्दत लिए । वकिल र पुलिसको सहयोगमा फैजलले आफू र्दिोष भएको प्रमाण जुटाउन सुरु गरे । 

उनले लिफ्टको सिसिटिभी फुटेज निकाल्न लगाए जसबाट वास्तविकता सबै खुल्यो । अस्मी लिफ्टमा मआफैंलाई मुक्का हानिरहेकी देखिन् त्यसपछि भने उनको चाल उल्टो पर्यो । फैजलले आफूलाई निर्दोष प्रमाणित गर्नको लागि वकिलको पारिश्रमिक समेत अन्य शुल्कवापत २० हजार डलर खर्च गरेका थिए । फुटेज सार्वजनिक भएपछि फैजलकी पत्नी फरार छिन् । फैजलले पुलिससँग ती महिलाबाट आफूलाई ज्यानको खतरा रहेको भन्दै उनलाई समातेर आफ्नो देश मोरक्को पठाइदिन अपिल गरेका छन् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष