बि डिभिजन लिग : रानीपोखरी कर्नर टिम विजयी

२७ माघ २०७५
banner

काठमाडौँ । रानीपोखरी कर्नर टिम आरसिटीले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ।

आईतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा आरसिटीले नयाँ बस्ती युथ क्लबलाई ३–१ ले गोल अन्तरले पराजित गर्दै पहिलो जीत निकालेको हो।

सुरुवातमा एक गोलले पछाडि परेको अवस्थामा जित निकाल्दै आरसिटीले खेल आफ्नो पक्षमा पारेको थियो। आरसिटीको जितमा संसार नन्द पलान्चोकेले दुई गोल गरे भने पुकार आले मगरले एक गोल गरे।

खेलको पहिलो मिनेटमा नै नयाँ बस्ती युथ क्लबका सानी कुमार चौधरीले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए। खेलको २९ मिनेटमा आरसिटी प्राप्त भएको पेनाल्टीलाई गोलमा बदल्दै पुकारले खेल बराबरीमा ल्याएका थिए।

खेलको ५१ र अतिरिक्त समयमा गोल गर्दै संसार नन्द पलान्चोकेले आरसिटीलाई महत्वपुर्ण तीन अंक दिलाएका थिए। यो जितसंगै आरसिटीको तीन अंक भएको छ।

यस्तै आज भएको दोश्रो खेलमा पनि पुल्चोक स्पोर्टस् क्लबले  बाँसबारी क्लब माथि ३–१ को जीत निकालेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुल्चोकका लागि टेकराज गुरुङ १७ औं मिनेटमा पहिलो गोल गरेका थिए।

यता गोलका लागि संघर्ष गरिरहेको बाँसबारीले नवीन थापाको गोलबाट ४७ औँ मिनेटमा बराबरी गरेको थियो। बराबरी भएको ५२ औँ मिनेटमा पुल्चोकका लागि रामकाजी कुमालले गोल गर्दै अग्रता दिलाए भने ९३ औँ मिनेटमा पुल्चोकका सुशील गुरुङले गोल गर्दै जीत सुनिश्चित गरेका थिए।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l