विवादित संस्थाको कार्यक्रमले आम नागरिकको बिजोग (फोटोफिचर)

१४ मङ्सिर २०७५
banner

तस्विरः बसन्ती महर्जन/निर्मला घिमिरे

काठमाडौँ। एसिया प्यासिफिक समिटका लागि भन्दै सरकारले ४ दिनका लागि लगाएको सवारी साधनको जोर बिजोर प्रणाली हटाएपनि यात्रुले भने अझै सास्ती खेप्नु परेको छ।

समिटका लागि काठमाडौँ आएका विदेशी पाहुनाहरुको समय समयमा हुने सवारीका कारण त्यस क्षेत्रमा आवात जावत हुने सार्वजनिक सवारी साधन ठप्प हुने हुँदा यात्रुले यस्तो सास्ती खेप्नु परेको हो।

विदेशी पाहुनाहरुको सवारी हुँदा यात्रुहरुले निकै गुनासो समेत पोखेका छन्। उनीहरुले करिब २ घण्टा हुँदा पनि आफ्नो गन्तव्यसम्म पुग्ने गाडी नआएको गुनासो गरेका छन्।

तीव्र विरोधपछि सरकारले बिहीबारदेखि लगाएको जोरबिजोर प्रणाली शुक्रबार विहान साढे ११ बजेदेखि हटाएको थियो। 

 

 

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।