बाबा राम रहीम दोषी ठहर, मृत्युदण्डको सजाय हुन सक्ने

२७ पौष २०७५
banner

एजेन्सी । भारतका एकजना बाबा गुरमीत राम रहीम पत्रकार हत्यामा दोषी ठहर भएका छन् । केन्द्रीय जाँच ब्यूरो (सीबीआई)को विषेश अदालतले उनलाई शुक्रबार दोषी ठहर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १७ जनवरीमा रामरहिमसहित ४ जनालाई १६ वर्ष पुरानो हत्याकाण्डमा सजाय सुनाइने छ । 

२ जनवरीमा सीबीआईले १६ वर्ष पुरानो यस मामिलाका आरोपी गुरमीत राम रहीम, निर्मल, कुलदीप र किशन लाललाई कोर्टमा पेश हुन आदेश दिएको थियो । फैसला जज जगदीप सिंहले सुनाए । उनैले साध्वी यौन शोषण मामिलामा पनि राम रहीमलाई सजाय सुनाएका थिए ।
पञ्चकुला कोर्टमा रामरहीम विभिडयो कन्फ्रेन्सका माध्यमबाट पेश भएको जनाइएको छ । 

फैसलापत्रि पत्रकार छत्रपतिका छोरा अंशुलले लामो संघर्षपछि न्याय मिलेको प्रतिक्रिया दिए । उनले राम रहीमलाई मृत्यु दण्डको सजाय हुनुपर्ने बताए । राम रहीममाथि जुन धाराअनुसार दोषी ठहर गरिएको छ त्यसअनुसार आजीवन जेल वा मृत्युदण्ड हुनसक्ने व्यवस्था रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

साध्वी यौन शोषण मामिलामा जुन पत्र लेखिएको थियो, त्यसैका आधारमा पत्रकार रामचन्द्र छत्रपतिले आफ्नो पत्रिकामा समाचार प्रकाशित गरेका थिए । त्यसपछि छत्रपतिमाथि दबाब दिइयो । दबाब र धम्कीबाट छत्रपति नडराएपछि २४ अक्टूबर २००२ मा उनीमाथि आक्रमण भयो । र २१ नोभेम्बर २००२ मा दिल्लीको अपोलो अस्पतालमा उनको मृत्यु भयो । 

बाइकमा आएका  कुलदीपले  रामचन्द्रमाथि गोली प्रहार गरेका थिए । कुलदीपसँगै निर्मल पनि थियो । जुन पेस्तोलबाट गोली चलाइएको थियो, त्यसको  लाइसेन्स डेरा सच्चाका म्यानेजर किशन लालको नाममा थियो ।

गुरमीत राम रहीममाथि हत्याको षडयन्त्र बनाएको आरोप लगाइएको थियो । हाल राम रहीम दुई जना साध्वीको यौन शोषण गरेको आरोपमा दोषी ठहर भएर २० वर्षका लागि जेलमा छन् । 

विशेष

ताजा भिडियो

रमेश उप्रेतीको यि नायिकासँग स्क्रिन सेयर गर्ने रहर | पहिलो प्रथमिकतामा...? Ramesh Upreti |

PM Oli English Speech l World Economic Forum l Shaping the Future of Democracy l Oli in Switzerland

संसद हंगामा पछि वहसः सांसद विरोध खतिवडाको नजरमा संसदीय मर्यादा र सभामुखको भुमिका। Birodh Khatiwada l

कडा प्रश्नोत्तरः सरकारको रिस यसरी पोखियो क्यामेरामा । Rajendra Mahato Interview l DCNepal l