विदेशमा पढेर स्वदेशमा सीप उपयोग गर्नुपर्छ : डा भट्टराई

२७ अषाढ २०७६
banner

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उच्च शिक्षाका लागि जुनसुकै देशमा गए पनि शिक्षा आर्जन गरेपछि स्वदेशमा फर्केर सिकेको सीप उपयोग गर्न आग्रह गरेका छन्।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आयोजनामा १३औँ क्यान शैक्षिक मेलाको आज यहाँ उद्घाटन गर्दै उनले उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीलाई यस्ता मेला निकै उपयोगी हुने बताए।

कार्यक्रममा ब्रिटिश काउन्सिलका डेपुटी हेड अफ मिसन क्रिस्ष्टिन कार एलिवेले मेलाले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई सचेत भएर जान आग्रह गरे।

इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले इक्यान मेलाले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी मेला आयोजना गरेको र पहिलो दिन करीब ६० हजारले अवलोकन गरेको जानकारी दिए। मेला यही असार २९ गतेसम्म चल्नेछ।

ताजा भिडियो

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l

देशभर बाढीको कहर : प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन | Flood In Nepal |