बन्दले परीक्षा प्रभावित 

३० फाल्गुन २०७५
banner

पाल्पा । बन्दका कारण पाल्पाका सामुदायिक विद्यालयमा सञ्चालन भइरहेको परीक्षा प्रभावित बनेको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दले सामुदायिक विद्यालयमा सञ्चालन हुने भनिएको परीक्षा बन्द गरिएको छ।

परीक्षाको तयारीमा जुटेका विद्यार्थी बन्दको खबर सुनेपछि निराश बनेका छन्। आज हुने भनिएको परीक्षा चैत २ गते शनिबारका लागि सारिएको छ।

परीक्षाको तयारीमा जुटेका विद्यार्थी बन्दका कारण परीक्षा सञ्चालन नहुँदा मारमा परेको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले बताए।

रामपुर नगरपालिकाभित्रका ५० सामुदायिक विद्यालयमा आज सञ्चालन हुने भनिएको परीक्षा बन्दले पूर्णरुपमा प्रभावित बनेको छ । नौ वटा निजी विद्यालयमा पठनपाठन कार्य प्रभावित भएको रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत रमाकान्त अर्यालले बताए।

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |