बागलुङको पर्यटन विकासमा सङ्घीय सरकारको पाँच करोड

२६ जेठ २०७६
banner

बागलुङ । सरकारले बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको विकासका लागि पाँच करोड पाँच लाख बजेट विनियोजन गरेको छ।

पर्यटकीय क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माणसँगै प्रवद्र्धन गर्नका लागि बजेट विनियोजन भएको सङ्घीय सांसद डा सूर्य पाठकले जानकारी दिए।

बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गरेको बागलुङ कालिका मन्दिर, ढोरपाटन, पञ्चकोट र भैरव स्थान मुलावारी गाजादहलाई ५०/५० लाख विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ।

यस्तै पञ्चकोटको थप पूर्वाधार निर्माणका लागि ८० लाख विनियोजन भएको सांसद मनकुमारी केसीले बताए। आव २०७६/७७ को बजेटले बागलुङको पर्यटन विकासमा पाँच करोड पाँच लाख रकम विनियोजन भएर आएको हो।

जिल्लाको बलेवास्थित भैरबस्थान मन्दिर संरक्षणका लागि रु १० लाख,  काठेखोला गाउँपालिका–७ रेशमा मदन भण्डारी पदमार्ग निर्माणका लागि २५ लाख, शहिद गोविन्द अधिकारी स्मृति प्रतिस्ठानका लागि २० लाख, ढोरपाटनमा मगर सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि २० लाख, ब्रम्हाकमल मन्दिरलाई १५ लाख, बागलुङ नगरपालिकाको रातमाटास्थित सरस्वती मन्दिरका लागि १० लाख, तमानखोला गाउँपालिकास्थित बराहाताल/कटेरी संरक्षणका लागि १० लाख, बडिगाड गाउँपालिकाको राधाकृष्ण मन्दिरका लागि १५ लाख विनियोजन भएको सङ्घीय सांसद देवेन्द्र पौडेलले बताए।
    
यस्तै ताराखोला गाउँपालिकामा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि २० लाख, रातमाटा विकास समाजका लागि ४० लाख, गलकोट नगरपालिकाको घुम्टेस्थित सिद्धभैरव मन्दिर संरक्षणका लागि २० लाख,भैरवस्थान मुलावारी हुँदै रेश जाने पदमार्ग निर्माणका लागि १० लाख र घोडाबाधे घुम्टे पदमार्ग निर्माणका लागि १० लाख बजेट विनियोजन भएको सांसद केसीले जानकारी दिए।

‘विनियोजित बजेटले पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण, मन्दिरको संरक्षण तथा जिर्णोद्वार, पदमार्ग निर्माण र संस्कृतिको संरक्षण गर्नका लागि प्रयोग हुनेछ’ पाठकले भने, ‘बागलुङको पर्यटकीय क्षेत्रको विकासका लागि विनियोजन बजेटले ठूलो महत्व राख्नेछ।’ पर्यटकीय गन्तव्यको रुपमा रहेका जैमिनी धाम, बिहुको रामकोट, हांडीकोटलगायतका क्षेत्रहरुमा बजेट विनियोजन गर्दा छुटेका कारणपछि सम्बोधन गर्ने गरी थप पहल गर्ने डा सुर्य पाठकले बताए। 

पर्यटन मन्त्रालयको कूल बजेट दुई अर्ब ६८ करोड रहेको छ। पर्यटकीय स्थलहरूको प्रचारप्रसार, पहिचान भएका गन्तव्यको पूर्वाधार निर्माणमा तीव्रता दिने र थप नयाँ पर्यटकीय गन्तव्य स्थलहरूको पहिचानमा सरकारले जोड दिने बताएको छ।

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli