यसकारण पछि हटे गौतम

२६ आश्विन २०७५
banner

काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर सातबाट निर्वाचित सांसद रामवीर मानन्धरले राजीनामाको घोषणा गरेपछि सो निर्वाचन क्षेत्रमा नेकपाका शीर्ष नेता वामदेव गौतमले चुनाव लड्ने निर्णयको चौतर्फी विरोध भएपछि गौतम तत्कालकालागि सांसद बन्ने योजनबाट पछि हछेका छन्। गत मंसिरमा सम्पन्न निर्वाचनमा बर्दियाबाट पराजित गौतमले त्यसपछि लगातार सांसद बन्न चाहेका थिए।

त्यसकालागि उनले सुरुमा डोल्पाबाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए। सो क्षेत्रमा सहमति नजुटेपछि गौतमले बाँकेबाट चुनाव लड्ने योजना बनाएका थिए। त्यसपछि अचानक काठमाडौं सातबाट निर्वाचन सांसद रामवीर मानन्धरले राजीनामाको घोषणा गरेर उक्त क्षेत्रबाट वामदेव गौतमले चुनाव लड्ने बताएका थिए।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वामदेव गौतम र रामवीर मानन्धरबीच मानन्धरले राजीनामा दिने र उक्त क्षेत्रबाट गौतमलाई उम्मेद्वार बनाउने सहमति भएको थियो। उक्त सहमतिको पार्टीभित्र चर्को विरोध भएको थियो भने सामाजिक संजालमा र उक्त क्षेत्रका मतदातालेसमेत असन्तुष्टि जनाएपछि गौतम तत्कालकालागि सांसद बन्ने योजजनाबाट पछि हटेका हुन्।

गौतमले बिहीबार निर्वाचन क्षेत्र नम्बर सातका स्थानीय नेतालाई सन्देश पठाउँदै आफू तत्काल सांसद बन्ने योजनबाट पछि हटेको बताएको एक नेताले जनाए। जसरी पनि निर्वाचन जितेर सांसद बन्ने योजनमा रहेका गौतमलाई उक्त क्षेत्रका नेताहरुले पनि अहिले परिस्थिति प्रतिकुल रहेको भन्दै निर्वाचन जित्न नसकिने संकेत गरेका थिए। त्यसमा पनि पार्टीमा छलफल नै नगरी मानन्धरको राजीनामा आउनु र पूर्व एमालेवृत्तमा उक्त निर्णयको चर्को विरोध हुनुले गौतम पछि हटेको बताइएको छ।

काठमाडौैं महानगरपालिकाले राम्रो काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको र पछिल्लो समय सरकारका कामकारवाही पनि सन्तोषजकन भएको भन्दै निर्वाचनको परिणाम आफ्नो पक्षमा आउन नसक्ने सो क्षेत्रका नेता कार्यकर्ताले नेतृत्वलाई जानकारी गराएका थिए। 

पूर्वएमाले र माओवादी केन्द्रको बिहीबारै बसेको जिल्ला कमिटीको बैठकले पनि चुनावको अवस्था नरहेको ठहर गरेको थियो । राजीनामा दिने मनस्थिति बनाएका सांसद मानन्धरलाई आफ्नो निर्णय सच्याउन उनीहरूले सुझाव दिएका छन्।

बुधबार काठमाडौं ७ का प्रदेशसभा सदस्य वसन्त मानन्धर, प्रकाश श्रेष्ठ र पार्टी अध्यक्ष न्हुच्छेकाजी महर्जनले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई भेटेर गौतमका लागि अवस्था प्रतिकूल रहेको ब्रिफिङ गरेका थिए।

सांसद मानन्धरले नेता गौतमका लागि भन्दै गत सोमबार पार्टी सचिवालयमा राजीनामा बुझाएका थिए। त्यसपछि उनले मंगलबार पत्रकार सम्मेलन गरेर पार्टीले स्वीकृति दिएपछि सांसद पद छोड्ने बताएका थिए। त्यसपछि नेता गौतमको चुनावमा उठ्ने कुराको व्यापक विरोध भएको हो।
 

ताजा भिडियो

गुठी विधेयक हंगामाः कांग्रेस सडकमा, नेपालबन्दको नै आव्हान गर्यो हिन्दु संगठनले । Guthi l

सत्ता पक्ष सांसदको अभिव्यक्तिः गुठी विधेयकका विरोधी भाडाका मान्छे हुन्। Ganga Chaudhary l Guthi l

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |