न्यूजिल्याण्डको गोलीकाण्डमा भाग्यले बाँच्यो बंगलादेशी क्रिकेट टिम, खेल रद्द

१ चैत्र २०७५
banner

क्राइस्टचर्च। न्यूजिल्यान्डको क्राइस्टचर्चमा ३० जनाभन्दा बढीको ज्यान जानेगरी भएको गोलकिाण्डमा बंगलादेशको राष्ट्रिय क्रिकेट टोली मुस्किलले बाँचेका छन् । मस्जिदमा गोली प्रहार हुँदा बंगाली क्रिकेट टोली पनि मस्जिदमै जाँदै थिए । तर, गोलीकाण्डको ठिक अगाडि केही असामान्य भएको आशंका पाएपछि उनीहरु बसबाटै ओर्लेनन् । थोरै मात्र पहिले उनीहरु मस्जिदमा गइसकेको भए उनीहरु पनि गोलीकाण्डमा मारिने थिए । 

न्युजिल्यान्ड प्रहरीले उक्त घटनाको आरोपमा चार जनालाई पक्राउ गरेको जनाएको छ। जसमा तीन पुरुष र एक महिला रहेका छन्। अहिले पनि त्यहाँको अवस्था खतरामुक्त भने नरहेको प्रहरीले जनाएको छ। न्यूजिल्यान्डको भ्रमणमा रहेका बंगलादेशी क्रिकेट टिम भने सुरक्षित रहेको खेलाडीहरुले ट्वीटरमार्फत जानकारी दिएका छन्। 

बंगलादेशी टिमका सदस्यहरु शुक्रबार बिहान प्रार्थनाका लागि क्राइस्ट चर्च मस्जिद नजिक पुगेका थिए। उनीहरु मस्जिद नपुग्दै गोली प्रहार हुन थालेपछि उनीहरुलाई केहीबेर बसमा राखेर पछि त्यहाँबाट फिर्ता पठाइएको थियो। अहिले बंगलादेशी टोलीका खेलाडी, प्रशिक्षक र अन्य सदस्यलाई होटलमा राखिएको छ।

न्यूजिल्यान्ड क्रिकेट टिमले गोलीबारी पछि बंगलादेश विरुद्धको तेस्रो टेस्ट खेल रद्द भएको जनाएको छ। न्यूजिल्यान्डको क्रिकेट बार्डले अप्रत्याशित रुपमा भएको गोलीबारीका कारण खेल रद्द गरिएको ट्वीटरमार्फत जानकारी दिएको छ।

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |