गरिब महिलाको बैंक खातामा आयो साढे ३ लाख, उनले पैसा निकालेर ऋण तिरिन् तर...

३० फाल्गुन २०७५
banner

शिवपुरी। मध्यप्रदेशको करैरामा एउटा निकै विचित्रको घटना भएको छ । सिरसोना गाउँ निवासी ममता कोलीको जनधन खातामा अचानक साढे ३ लाख रुपैयाँ आयो । महिलालाई लाग्यो कि प्रधानमन्त्री नरेन्द्रमोदीले उनको खातामा यो रकम राखिदिएका हुन् । त्यसपछि महिलाले खाताबाट ३ लाख १० हजार रुपैयाँ निकालिन् । यो पैसाले उनले ऋण तिरिन्, पतिलाई नयाँ मोटरसाइकल किनिदिइन् । बाँकी पैसाले आफ्नो लागि गहना किनिन् । यही बीचमा बैंक म्यानेजर पुलिस लिएर उनको घरमा पुगे । बैंक म्यानेजरले उनले खर्च गरेको पैसा उनको नभएको बताउँदै फिर्ता गर्न अन्यथा जेल जानुपर्ने बताएपछि महिलाको होश उड्यो । 

खासमा गल्ती बैंककै थियो । बैंकका कर्मचारीको गल्तीका कारण सिरसौद गाउँकै पसले अनिल नागरको खाता महिलाको आधार नम्बरसँग लिंक भएको थियो । महिलालाई यसको जानकारी थिएन । जब उनी बैंकको औंठाछाप इम्प्रेसन मेसिनबाट पैसा निकाल्न गइन् उनलाई आफ्नो खातामा साढे ३ लाख आएको थाहा भयो । उनले अलग अलग दिन गरेर ३ लाख १० हजार निकालिन् । यही बीच जब पसले नागरले पैसा निकालेको थाहा पाए उनले बैंकमा गएर यसको उजुरी गरे । जाँचमा थाहा भयो कि नागरको बैंक खाता ममताको आधार नम्बरसँग लिंक भएको थियो । 

वास्तजिकता थाहा पाएपछि महिला रुन थालिन् । महिलाले आफ्नो ऋण तिरेको, मोटरसाइकल र गहना किनेको तथा आफ्नो आर्थिक स्थिति कमजोर भएकोले पैसा फिर्ता गर्न असमर्थता जनाइन् । यद्यपि बैंक अधिकारीले पुलिसको सहयोगमा ८५ हजार रुपैयाँ महिलाबाट असुलेका छन् । 

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |