परिवारको इच्छाविपरित माल्दिभ्समा बिहे गर्दै बरुण धवन

३० फाल्गुन २०७५
banner

मुम्बइ। बलिउड अभिनेता वरुण धवनले प्रेमिका नताशा दलालका साथ यसै वर्षको अन्त्यमा विवाह गर्ने भएका छन् । यतिबेला अभिनेता वरुण धवन फिल्म ‘कलंक’का कारण व्यस्त छन् । यही अप्रिल १७ मा फिल्म ‘कलंक’ रिलिज भएपछाडि वरुण धवन विवाहको तयारीमा लाग्ने बताइएको छ ।

वरुण धवन र नताशा दलालले आफ्नो विवाहका लागि स्थान पनि तय गरिसकेका छन् । वरुण र नताशा अभिनेता रणवीर सिंह र दीपिका पादुकोणले जस्तै गरी डेस्टिनेशन वेडिङ गर्न खोजिरहेका छन् । वरुण र नताशाले विवाहका लागि समुन्द्रले घेरिएको सुन्दर देश माल्दिभ्सलाई रोजेका छन् । माल्दिभ्स नताशाको रोजाइ हो ।

अभिनेता वरुण धवन उनकी प्रेमिका नताशा दलाललाई लामो समयदेखि डेट गरिरहेका छन् । अधिकांश समय नताशा र वरुण एकसाथ समय बिताइरहेका तस्बिरहरु मिडिया तथा सामाजिक सञ्जालमा छाइरहेका हुन्छन् । यी दुवैका परिवारले पनि यस सम्बन्धलाई स्वीकार गरिसकेका छन् ।

तर नताशा र वरुणको डेस्टिनेशन वेडिङको योजना भने वरुणको परिवारलाई चित्त बुझेको छैन । वरुण धवनका पिता तथा निर्देशक डेविड धवन छोराको विवाह भारतमै गर्ने सोचमा छन् । यसै कारण वरुण धवन र नताशा दलालको विवाहको स्थान भने अहिले टुंगो लागिसकेको छैन ।

ताजा भिडियो

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l

प्रधानमन्त्रीको कडा अभिव्यक्तिः राजावादी र विप्लवलाई दनक, सिके राउत सुध्रिए l PM KP Oli Speech l

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन भाग- १ । PM KP Oli Speech l

कार्यालय तर्फ जाँदै गर्दा...। Help Vlog l