लेवान्डोस्कीको दुई गोल, वायर्न शीर्ष स्थानमा

२२ कार्तिक २०७५
banner

एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब वायर्न म्युनिखले सहज जित निकालेको छ ।

समूह चरणको खेल अन्तर्गत बुधबार राति भएको खेलमा वायर्नले ग्रीसको एईके एथेन्सलाई २ - ० ले हराएको हो । 

घरेलु मैदानमा भएको खेलमा वायर्नलाई जित दिलाउन दुवै गोल रोबर्टो लेवान्डोस्कीले गरेका थिए । उनले दुवै हाफमा एक एक गोल गरेका थिए । 

पहिलो हाफको ३१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लेवान्डोस्कीले वायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७१ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २ - ० को सहज जित दिलाए ।

जितसंगै समूह 'इ' को वायर्न ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । पराजित एथेन्स अंक बिहिन रहदै लिगको पुछारमा छ । 

यसै समूहको अर्को खेलमा आयाक्स र बेन्फिकाले १ - १ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । 

आयाक्स ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यस्तै ४ अंक जोडेको बेन्फिका तेस्रो स्थानमा छ ।

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l