बासुधारामा माघ १ गते बृहत् महास्नान मेला लाग्दै (फाेटाे फिचर)

२३ पौष २०७५
banner

डोटी । डोटीको बासुधारामा माघ १ गते महास्नान मेला लाग्ने भएको छ।

दिपायलमा रहेको दिल्पेश्वर मठदेखि तल गंगा सेती र गोदावरी नदिको संगम स्थलमा कासुधारा नाम गरिएको एक पवित्र शिवालय तीर्थ स्थलमा सो मेला लाग्ने भएको छ।

विभिन्न देवादी देवहरुको तपस्यास्थल भएको यो पावनभूमिमा गंगा सीता उत्तर तर्फ बहिरिएपछि गंगा उत्तराभिमूखि भइ त्यहा सम्पूर्ण ब्रमाण्डमा रहेका महान तीर्थस्थलहरु पाउन सकिन्छ भन्ने पौराणीक मान्यताका अनुसार मेला लाग्ने गरेको स्थानीय जानकारहरु बताउँछन्।

‘बसु’ नाम गरेका स्वर्गका प्रसिद्घ देवताले यस बासुधारा क्षेत्रमा अण्ट लक्ष्मीलाई स्मेत साथमा ल्याई यस यसै क्षेत्रमा लामो समयसम्म जलधारा युक्त भएको भन्ने किंवदन्ति रहेको छ।

त्रेतायुगी अयोध्याका राजा दिलिपले बासुधारा मन्दिरको मुनि रहेका स्नान कसण्ड, पितृ कुण्ड, शाही स्नान कुण्ड, मोक्ष कुण्ड र अन्य कुण्डहरुमा स्नान गरी वर, पर स्थल विशेष पुजनादी कार्यहरु गरी हालको दिल्पेश्वर मठलाई निवास स्थान बनाएका थिए।

यसै गरी गोलोकबाट नन्दिनी नामक गाई ल्याई गाईद्वारा नै दुधको धारा दिइरहेको ठाँउमा जोतिलिङ्ग भेटियो र स्व लिङ्गको पूजा, आराधना गरी यस पवित्र देव भूमिमा बस्दै तपस्या गरी मुक्ति पाएको पौराणिक मान्यताहरु पाइन्छन्।

विशेष

ताजा भिडियो

एक कदम अगाडि प्रधानमन्त्री ओली । यो पटक अन्तराष्ट्रिय मञ्चमा नेपाल 'ब्याक बेञ्चर' रहेन। PM KP Oli l

रमेश उप्रेतीको यि नायिकासँग स्क्रिन सेयर गर्ने रहर | पहिलो प्रथमिकतामा...? Ramesh Upreti |

PM Oli English Speech l World Economic Forum l Shaping the Future of Democracy l Oli in Switzerland

संसद हंगामा पछि वहसः सांसद विरोध खतिवडाको नजरमा संसदीय मर्यादा र सभामुखको भुमिका। Birodh Khatiwada l