बिपी चोकमा उच्च प्रविधिको बत्ती जडान

२५ आश्विन २०७५

banner

नेपालगञ्ज। नेपालगञ्जको बिपीचौकमा उच्च प्रविधिको बिजुली बत्ती हाइमास्ट जडान गरिएको छ। सोह्र मिटर उचाइको खीया नलाग्ने फलामे पोलमा जडीत आठ वटा बत्ती एक साथ झलमल बालिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले हाइमास्ट निर्माण उपभोक्ता समितिमार्फत सो बत्ती जडान गरेको हो । नेपालमै पहिलोपटक यति उज्यालो र शक्तिशाली हाइमास्ट जोडिएको बताइएको छ।

साँझपख आफै बल्ने र बिहान आफै निभ्ने स्वचालित हाइमास्टको नगरप्रमुख डा धवल शम्शेर राणा र उपप्रमुख उमा थापमगरले आज संयुक्त रुपमा स्विच अन गरेर उद्घाटन गरे।

सो अवसरमा नगरप्रमुख राणाले हाइमास्टको सफल प्रयोगपछि थप क्षेत्रमा समेत बत्ती जडान गर्न सकिने विश्वास व्यक्त गरे। क्रम्टन कम्पनीको सो बत्ती जडानमा करीब रु १४ लाख लागेको उपभोक्ता समितिका अध्यक्ष निजामुद्दिन सिद्दिकीले जानकारी दिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष