बेलायतले गरेको सहयोगको प्रशंसा गर्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादव

२५ आश्विन २०७५

banner

लण्डन । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बेलायतले नेपालमा पुर्याएको सहयोगको प्रशंसा गरेका छन्।

लण्डनस्थित नेपाली दूतावासद्वारा बुधबार आयोजित ‘नेपाल–ब्रिटेन हेल्थ कोअपरेशन’नामक कार्यक्रममा बोल्दै बेलायतले गरेको सहयोगको प्रशंसा गरेका छन्।

मन्त्री यादवले नेपालको संविधानले स्वास्थ्यलाई जनताको मौलिक अधिकार मानेको बताउँदै सरकार सबै जनतालाई गुणस्तरीय सेवा पुर्याउन प्रतिबद्ध रहेको बताएका छन्।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले पनि बेलायतले गरेको सहयोगको प्रशंसा नै गरेका छन्। उनले भूकम्पपछिको पुर्ननिर्माणमा बेलायत लगायत मित्र राष्ट्रहरुले गरेको सहयोगको प्रशंसा पनि गरे।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीले नेपाल तथा बेलायतबीच रहेको २०० वर्षभन्दा लामो समय बहुआयामिक सम्बन्ध रहेको बताए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष