भक्तपुरमा घरको छतबाट खसेर दुई जनाको मृत्यु

२६ पौष २०७५
banner

प्रतिनिधिमुलक तस्बीर

भक्तपुर । सूर्यविनायक नगरपालिका–१ सिरुटारका सञ्जीव राउतको तीन वर्षीय छोरा सभ्य राउत घरको छतबाट खसेर आज मृत्यु भएको छ । छिमेकी केशव राजथलाको घरमा हजुरआमासँग गएको अवस्थामा साढे दुई तला माथि छतबाट खस्दा घाइते भई मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिए।

त्यसैगरी चाँगुनारायण नगरपालिका–९ ताथली नाला जाने सडकको छेउमा भोजपुर साल्पासिलिछो गाउँपालिका दोभाने घर भई हाल बिएम इँट्टाभट्टा सुडालमा काम गर्ने ३४ वर्षीय सन्तोष राईको मृत्यु भएको छ ।

अत्यधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएको प्रारम्भिक अनुसनधानबाट खुलेको जानकारी दिँदै उनले अनुसन्धान शुरु गरी शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

ताजा भिडियो

काठमाडौंमा होलीका अनेक रंग | Holi in Kathmandu |

काठमाडौंमा होली हंगामा । Holi in Kathmandu l

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll