नेकपा नेता अधिकारीको स्वास्थ्य सुधारोन्मुख

२८ माघ २०७५
banner

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ। 

श्वासप्रश्वासलगायत समस्या देखिएपछि अधिकारी चार दिनदेखि सुकेधारास्थित ह्याम्स अस्पतालमा उपचाररत छन्। गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। उपचारमा सुधार नभएपछि यही माघ २५ गते ह्याम्स अस्पताल भर्ना गरिएको थियो। 

अधिकारीलाई श्वासप्रश्वासलगायत समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो। अधिकारीको स्वास्थ्य सामान्य सुधारोन्मुख रहेको उपचारमा संलग्न डा भगवान कोइरालाले जानकारी दिए। “उहाँ (पूर्वउपप्रम अधिकारी) को स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आइरहेको छ”, उनले भने। अधिकारीको उपचारमा डा अर्जुन कार्की, डा राजु पँगेनी, डा कोइराला, डा मनबहादुर केसीलगायत संलग्न छन्। 

अधिकारीकी धर्मपत्नी सबिता अधिकारीका अनुसार मेडिसिटी अस्पतालमा एक महीना राख्दा पनि सुधार नआएपछि ह्याम्स अस्पताला भर्ना गरिएको हो। बाहिर हल्ला आएजस्तो उपचारमा कुनै लापर्वाही नभएको बरु उपत्यकाका विशिष्ट चिकित्सकसँग परामर्श गरेर थप उपचारका लागि पुनः अस्पताल भर्ना गरिएको उनले बताए। बयासी वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको चिकित्सकले बताएका छन्। 
 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l