भाटभटेनीमा दुधजन्य खाद्य बस्तु गुणस्तरहिन भएको भन्दै सरकारले लगायो बिक्री वितरणमा रोक

२१ कार्तिक २०७५
banner

काठमाडौं । सरकारले भाटभटेनी सुपरमार्केटबाट भईरहेको दुधजन्य खाद्य बस्तु विक्रीवितरणमा रोक लगाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगंजस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्य बस्तु बिक्री वितरण नगर्न निर्देशन दिएको हो।

भाटभटेनी सुपर मार्केटबाट विक्री हुने दुधजन्य खाद्य बस्तु गुणस्तरहिन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक संजीवकुमार कर्णले जानकारी दिए। तिहारमा अत्याधिक बिक्री वितरण हुने काठमाडौंको मिठाई पसल अनुगमनको कामलाई तीब्रता दिँदै आएको विभागले बुधबार अत्याधिक बिक्री वितरण हुने महाराजगंजस्थित भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरको खाद्य बस्तुको पनि परिक्षण गरेको हो।

परिक्षणमा दुधजन्य बस्तु गुणस्तरहिन पाइएको थियो। यसैगरी विभागले बुधबार ३ वटा मिठाई पसलमा पनि अनुगमन गरेको छ। महाराजगंजस्थित टिपटप मिठाई पसल र गौशालास्थित अन्नपूर्ण मिठाई भण्डार र व्यञ्जन मिष्ठान भण्डारको पनि अनुगमन गरेको हो।

अनुगमनका क्रममा ३ वटै मिठाई पसलमा तेलको गुणस्तरमा सुधार गर्न सचेत गराइएको छ। रङको प्रयोग सन्तोषजनक रहेको पाइएपनि खाद्य बस्तुमा तेलको गुणस्तरमा सुधार ल्याउन पनि मिठाई पसलहरुलाई सचेत गराइएको पनि विभागका महानिर्देशक कर्णले बताए।

मंगलबार काठमाडौंको थापाथली र कमलादीमा रहेको २ वटा मिठाई पसलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसी नेतृत्वको उच्चस्तरीय टोलीले अनुगमन गरी गुणस्तर हेरेर मात्रै मिठाईलगायतका खाद्य बस्तु खरिद गर्न पनि आम उपभोक्तालाई सचेत गराएको थियो।

सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा काठमाडौंलगायत देशका मुख्यमुख्य सहरमा बजार अनुगमनको कामलाई निरन्तरता दिँदै आएको छ। सरकारले विगत २ महिनायता तरकारी, दुध, माशु, खानेपानी, तेललगायतका दैनिक उपभोग्य खाद्य बस्तुको बजार अनुगमन गरी गुणस्तरहिन खाद्य बस्तु उत्पादकहरुको कारखानामा शीलबन्दी समेत गर्दै आएको छ।

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l