भारतमा निर्माणाधिन भवन भत्किँदा ३ नेपालीसहित ५ जनाको मृत्यु, ५ गम्भीर

२६ अषाढ २०७६
banner

काठमाडौँ । भारतको बैँगलोरमा एक निर्माणाधिन भवन भत्किँदा ३ जना नेपाली सहित ५ जनाको ज्यान गएको छ । 

बैँगलोरको पुलकेशी नगरमा मंगलबार राति बन्दै गरेको भवन भत्किँदा अन्य ५ जना गम्भीर घाईते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उक्त भवनमा १३ जना मजदुरहरुले काम गर्दै आएका थिए।

ज्यान गुमाउने नेपालीहरुमा भारतमा मजदुरी गर्न गएका बझाङ थलारा-२ का एकै परिवारका ३ जना परेको जनाईएको छ। उनीहरुको नाम भने खुलाईएको छैन ।

निर्माणाधिन भवन भत्किएसँगै भारत सरकारले उक्त घटनाबारे अनुसन्धान गरेर तत्काल सत्य तथ्य बाहिर ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। 

ताजा भिडियो

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l