विवादित भूभागबारे छलफल गर्न जापानी विदेश मन्त्री रुस जाने

२८ पौष २०७५
banner

मस्को । जापानका विदेश मन्त्री तारो कोनो अर्को हप्ता रुसको भ्रमणमा आउने भएका छन् । 

रुसी समकक्षी सेर्गेइ लाभरोभसँग उनले विवादित चार भूभागको बारेमा छलफल गर्नुहुने रुसको विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । 

रूस र जापानका बीचमा दोस्रो विश्वयुद्धपछि अहिले सम्म पनि कुनै शान्ति सम्झौता हुन सकेको छैन । 

सिमानामा पर्ने कुरिल्सलाई रूसले आफ्नो क्षेत्रमा पर्ने भूभागको रुपमा दावी गर्दै आएको छ भने जापानले पनि आफ्नो उत्तरी राज्यको रूपमा दावी गर्दै आएको छ । 

रूसको विदेश मन्त्रालयका प्रवक्ता मारिज जाखारोभले भने, “पहिलो चरणमा रुस र जापानका बीचमा रहेका समस्या समाधान गर्न शान्ति सम्झौता गर्ने बारेमा छलफल हुनेछ ।” 

उनीहरूका बीचमा आउँदो सोमबार छलफल हुनसक्ने पनि प्रवक्ता जाखारोभले बताए। उनले दुई देशका बीचमा हुन लागेको सम्झौताका बारेमा जापानी सञ्चार माध्यमहरूले गलत भूमिका खेलेको आरोप पनि लगाए । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जापानी प्रधानमन्त्री सेन्जो आवेबीच गत नोभेम्बरमा भेटवार्ता भएको थियो । सो भेटका क्रममा उनीहरुले दोस्रो विश्वयुद्धको विवादहरुलाई अन्त्य गर्न औपचारिक रुपमा छलफल गर्ने र सन् १९५६ मा भएको संयुक्त घोषणापत्रमा टेकेर सम्झौताको प्रक्रियालाई अगाडी बढाउने सहमति गरेका थिए । 

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll