प्रस्तावित विवेकशील नेपाली दलले कतारमा आफनो परिचय स्थापित गर्दै 

१ चैत्र २०७५
banner

दोहा । विवेकशील नेपाली दल कतारले दोहामा हाल सम्मकै पृथक कार्यक्रम गर्दै आफूलाई वैकल्पिक राजनीति दलको संगठनको रुपमा परिचित गरेको छ ।
प्रवासमा रहेपनी देश प्रतिको माया उत्तीकै बोकेका नेपालीहरू माझ विवेकशील नेपाली कतारले चिया चौतारी कार्यक्रम मार्फत जोसिला युवा वर्ग र बुद्धिजीवी वर्गसँंग श्रमिकको हकहित र पत्रकार, उद्यमी व्यवसायीसँग सुरक्षित लगानीका विषय बस्तुमा छलफल तथा अन्तरक्रिया गर्ने गरेको छ ।
विवेकशील नेपाली कतार पहिलेदेखि नै सक्रिय रुपमा दोहामा नेपाली समुदायमाझ परिचित रहेको विवेकशील नेपाली दलको अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष सुरेश भट्ट आश्रिनले बताए।

भर्खरै मात्र पूनर्गठन हुँदै गरेको उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलले कतारमा बौद्धिक सर्कलका युवावर्गलाई संगठनमा आबद्द गर्न सफल भएको  विवेकशिल नेपाली कतारका अग्रज व्यक्तित्व गौरव राज अधिकारीले जानकारी गराएका छन्।

विवेकशील नेपाली दल दर्ता प्रक्रियामा रहँदै गर्दा विवेकशील नेपाली कतारको गुरुपमा धेरै सक्रिय युवाहरु क्रियासिल छन् । हालै मात्रै योग्यता र पेसाले निपुण रहेका राज कुमार खत्री,रमेश निरौला, कल्याण थापा, हरीओम पौड्याल, टेंक नाथ कोइराला, सन्तोष पौड्याल लगायतका युवाहरुले विवेकशील नेपालीको सदस्यता लिएको अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष सुरेश भट्ट आश्रिनले बताएका छन् ।

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |