छोराले चलाएको मोटसाइकल दुर्घटनामा परी आमाको मृत्यु

२९ जेठ २०७६
banner

रौतहट । रौतहटको गरुडामा मोटरसाईकल दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ। रौतहटको गरुडा नगरपालिका–८ जिंगडिया बिर्ता प्रहरी स्कुल अगाडि छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेकी आमाको ज्यान गएको हो ।

बिर्ताबाट गरुडा जाँदै गरेको बिआर २२ एन ३२९८ नम्बरको भारतीय मोटरसाईकलको पछाडी बसेकी राजपुर नगरपालिका वडा नम्बर ९ की ७० वर्षीया शेख भुउली साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

पैदल यात्रीलाई जोगाउने क्रममा मोटरसाइकल अनियन्त्रित भई पल्टिदाँ महिला गम्भीर घाइते भएकी हुन् । गम्भीर घाइते उनको उपचारका क्रममा चन्द्रनिगाहपुर ल्याउँदै गर्दा उनको ज्यान गएको हो। मोटरसाईकल चालकलाई भने पहरीले नियन्त्रणमा लिएको छ। 

ताजा भिडियो

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l